तिलाचन युवा क्लव निसीको अध्यक्षमा कुशल बुढा चयन !

कृष्ण कँडेल, बुर्तिवाङ २०७३ माघ २९ । तिलाचन युवा क्लव निसी–८ भल्कोटको दशौँ बार्षिक साधरण सभा तथा अधिवेशनले कुशल बुढा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । क्लवको उपाध्यक्षमा ओमबहादुर सुनार, सचिव श्यामकुमार बुढा, सहसचिव फुलबहादुर बुढा, र कोषाध्यक्ष कोपिला थापा रहेका छन् ।

सदस्यमा भिमबहादुर बुढा, सञ्जु थापा, लिला बुढा र हिमबहादुर घर्ती रहनुभएको छ । लिलबहादुर बुढाको अध्यक्षतामा गठन भएको सल्लाहकार समितिमा कुमबहादुर बुढा, बेलबहादुर बुढा, दिपक थापा र बलिभद्र बुढा रहेका छन् ।

क्लवले स्थानिय रुपमा कला संस्कृतिको संरक्षण, विकृति विसंगतिको अन्त्य र पर्यटन प्रबद्र्धन कार्यक्रम सञ्चालन गर्ने योजना निर्माण गरिएको अध्यक्ष कुशल बुढाले जानकारी दिए ।

कार्यक्रम क्लवका अध्यक्ष लिलाबहादुुर बुढाको अध्यक्षता, बेलबहादुर बुढाको स्वागत र श्यामकुमार बुढाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *