गुल्मीकी शिक्षक धना भण्डारी शिक्षक संघको केन्द्रिय उपमहासचिवमा निर्वाचित !

प्रेम सुनार, गुल्मी २०७४ चैत्र ५ । नेपाल शिक्षक संघको आठौ महाधिवेशनले गुल्मीकी शिक्षक धना भण्डारीलाई केन्द्रिय समितिको उपमहासचिवमा निर्वाचित गरेको छ । चैत् १ देखि काठमाण्डौमा चलेको संघको महाधिवेशमा केन्द्रिय सदस्य रहेकी भण्डारीले उक्त पदमा उमेदवारी दिएकी थिईन । सो पदका लागि वझाङ्गकी विन्दा थापाले पनि उमेदवारी दिएकी थिईन । उनलाई भारी मतान्तरले भण्डारीले पराजित गरी निर्वाचित भएकी हुन् ।

संघको अध्यक्षमा राजेन्द् राज पौड्याल विजयी भएका छन् । २०५३ साल देखि नेपाल शिक्षक संघ गुल्मीमा सक्रिय भएकी भण्डारी जिल्ला सदस्य हुँदै प्रदेश र केन्द्रिको उक्त जिम्मेवार पदमा पुगेकी हुन् ।

रेसुङ्गा माध्यामिक विद्यालय तम्घासमा अध्यापन गराउने भण्डारी नेपाली कांग्रेसका पुर्व पार्टी सचिव स्वर्गिय फणिन्द्र भण्डारीकी धर्मपत्नी हुन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *