उत्तरगंगा प्रअ बिबाद : तीन बिद्यार्थी संगठनले दिए नगरपालिकालाई यस्तो चेतावनी !

डम्मर बुढा मगर, बागलुङ २०७४ चैत ५ । बुर्तिवाङ स्थित उत्तरगंगा माविको प्रधानाध्यापक नियुक्तीलाई लिएर बिबाद चुलिदै गएको छ । चैत २ गते ढोरपाटन नगरपालिकाको नगरकार्यपालिकाको बहुमतले शिक्षक ईश्वरीप्रसाद पौडेललाई उत्तरगंगाको प्रधानाध्यापकमा नियुक्ती गर्ने निर्णयसँगै सुरु भएको बिरोध साम्य हुने लक्षण देखिएको छैन ।

पौडेलको प्रअमा नियुक्तीलाई नेपाली काँग्रेस र जनमोर्चाका सदस्यहरुले गाउकार्यपालिकाको बैठकमा आफनो असहमती जनाईसकेका छन् भने हिँजो मात्रै ढोरपाटन नगरपालिकाकले पौडेललाई प्रधानाध्यापकको नियुक्ती पत्र हस्तान्तरण गरेको छ । अर्कोतिर हिँजै अनेरास्ववियु छ्रठा्रैले एक विज्ञप्ती प्रकाशित गर्दै तीब्र विरोध जनाउदै निर्णय फिर्ता लिन माग गरेकोे छ ।

यसैवीच आज सोमबार जिल्लामा क्रियाशील तीन विद्यार्थी संगठनले संयुक्तरुपमा विज्ञप्ती प्रकाशित गरी, ‘ढोरपाटन नगरपालिकाले निर्णय फिर्ता नलिएर जबर्जस्ती बिद्यालयमा माथी राजनैतिक हस्तक्षेपकारी भूमिकालाई राखी रहे हामी कडा आन्दोलनमा उत्रिने कडा चेतावनी दिन चाहन्छौँ’ भनेको छ ।

नेपाल बिद्यार्थी संघ बागलुङका कोषाध्यक्ष श्रीकृष्ण पौडेल, अनेरास्ववियु (क्रान्तिकारी) बागलुङका अध्यक्ष जीवन शर्मा र अनेरास्ववियु (छैठौँ) बागलुङका अध्यक्ष शिव चालिसे व्दारा हस्ताक्षरित उक्त विज्ञप्तीमा, ‘… नगरपालिकाले बिद्यालय व्यवस्थापनको कार्यक्षेत्रलाई मिचेर राजनीतिक पूर्वाग्र्रह र बिद्यालयलाई समेत हानी पुग्ने गरी गरिएको त्यो निर्णय हाम्रो लागी मान्य छैन’ भनिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *