Menu

बलेवा विमानस्थलमा विमान !

बागलुङ २०७४ चैत ५ । बलेवा विमान स्थलमा केहि समय अघी तारा एअरको ट्विनओटर विमानले उडान भरेको छ । विमान स्थल मर्मत गरेपछी परीक्षण उडानमा आज सो विमान बलेवामा अवतरण गरेको हो ।

आज बलेवा बिमानस्थलमा आवतरण गरेको विमानमा नेपाल उड्डयन प्राधिकरणका प्रबन्धक इन्दुराज अधिकारीको नेतृत्वमा नागरिक उड्डयन प्राधिकरण पोखराका इन्जिनियर इन्द्रराज ओझा र सञ्चार तथा उड्डयन सहायक विभागका इन्जिनियर ताराकान्त शाह सहित १५ जनाको प्राविधिक टोली आएको थियो ।

पोखराबाट आएको तारा एअरको विमानले बलेवा विमानस्थलको धावनमार्गमा दुबै तिरबाट पटक पटक परीक्षण उडान भरेको बताउदै निमित्त प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले प्राविधिक टोलीले विमान नियमित सेवा सन्चालन गर्न हुने नहुने सम्वन्धमा प्रतिवेदन दिएपछी सोहि अनुसार हुने जानकारी दिए ।

यहि चैत महिनाको दोश्रो साता देखी काठमाडौँ बलेवाका लागि हप्तामा दुई उडान भर्ने गरी दुई विमान कम्पनिहरुसंग संझौता भैसकेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *