Menu

शिक्षक पौडेललाई उत्तरगंगा माविको नि प्रअको नियुक्ती पत्र प्रदान !

खेमराज अर्याल, बुर्तिवाङ २०७४ चैत ५ । ढोरपाटन नगरपालिका नगर प्रमुख देवकुमार नेपालीले हिँजो आईतवार उत्तरगंगा माध्यमिक विद्यालयका शिक्षक ईश्वरी प्रसाद पौडेललाई सोही विद्यालयको निमित्त प्रधानाध्यापकको नियुक्तिपत्र दिएका छन् ।

नगरकार्यपालिकाको यही चैत २ गते वसेको वैठकबाट बहुमतले प्रधनाध्यापककको जिम्मेवारी पौडेलाई दिने निर्णय गरेको थियो । शुक्रवार बसेको नगरकार्यपालिकाको वैठकबाट बहुमतबाट पौडेललाई नगरपालिकाले निमित्त प्रधानाध्यापक भएर काम गर्न सिफारीस गरेको थियो ।

उत्तरगंगा माध्यमिक विद्यालयमा लामो समय यता प्रधानाध्यापक विवाद रहदै आएको छ । विद्यालयका प्रधनाध्यापक धन बहादुर कुवरले उमेरहदका कारण अवकाश लिएपछी विद्यालयका शिक्षक निम बहादुर जिसी नविनले निमित्त प्रधनाध्यापकको जिम्मेवारी लिएका थिए ।

यसैविच अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) जिल्ला समिति बाग्लुङले नगरपालिकाको कार्यपालिकाको बहुमतले उत्तरगंगा मा.वि. वुर्तिवाङको प्रधानाध्यापकमा इश्वरी प्रसाद पौडेललाई नियुक्ति गरेको प्रति आपत्ति जनाएको छ ।

संगठनले आज एक प्रेस विज्ञप्ती प्रकाशन गर्दै कुनै पनि विद्यालयको प्रधानाध्यापक कसलाई बनाउने भन्ने विषय स्वयम त्यस विद्यालयको हुने र विद्यालय व्यवस्थापन समितिको अधिकार क्षेत्र भित्र रहने तर, उत्तरगंगा माविमा राजनीतिक प्रतिशोधको अधारमा नि.प्र.अ. निम बहादुर जि.सी नविनलाई हटाएर नगरपालिकाले प्र.अ. नियुक्ति गरेको आरोप लगाएको छ । त्यसरी प्र.अ.को नियुक्ति गर्नु नगरपालिकाको शिक्षा ऐन, नियमावली र विधि विपरित रहेको उल्लेख छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) जिल्ला समिति बाग्लुङका अध्यक्ष शिव चालिसेद्धारा हस्ताक्षरित विज्ञप्तीमा यसरी राजनीतिक आधारमा प्रधानाध्यापकहरुको नियुक्ति गर्दै जाने हो भने त्यसले शिक्षा क्षेत्रमा सुधार होइन, झन वैमनस्यताको स्थिति सृजना गर्ने उल्लेख छ । अहिले ढोरपाटन नगरपालिकाले उत्तरगंगा माविको प्र.अ. मा राजनीतिक हस्तक्षेप गरेका आरोप लगाउदै यो निर्णय संगठनलाई मान्य नहुने बताइएको छ ।

विज्ञप्तीमा भनिएको छ “हामी नगरपालिका प्रमुख तथा कार्यपालिकालाई त्यसप्रकारको ऐन नियम विपरित निर्णय फिर्ता गर्न माग गर्दछौं ,अन्यथा विद्यार्थी आन्दोलनको विचबाट नै हामी अगाडि बड्नेछौ” । यस अभियानमा सहयोगको लागि आम अभिभावक, विद्यार्थी तथा अन्य संघ संगठनलाई समेत संगठनले अनुरोध गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *