प्रवास : झापाली समाज, युएई अधिबेशनको संघारमा !

डिल्ली हुमागाई , युएई २०७४ चैत ५ । झापाली समाज युएई को अबुधाबी र रास अल खेमा क्षेत्रीय समितिको अधिवेशन मार्च १६ मा सम्पन्न भएका छन् । अधिवेशनले पुरानै नेतृत्व दोहोर्‍याउदै क्षेत्रीय समितिमा नयाँ पदाधिकारी नियुक्त गरेका छन् । अधिवेशनले विगतका कार्यकालको समिक्षा गर्दै आगामी कार्यकालमा युएईमा रहेका आफ्नो क्षेत्रका झापालीहरुलाई एकता, सहयोग र सहकार्यको मार्गमा अगाडि बढाउने प्रतिबद्धता गरेका छन् ।

क्षेत्रीय अधिवेशनकै अवसर पारेर अबुधाबी क्षेत्रले आफ्नो एरियामा कानुनी तथा शारीरिक समस्यामा परेका लोकेस खतिवडालाई ५ सय दिराम ९करिब १४ हजार रुपैयाँ० आर्थिक सहयोग गरेको अध्यक्ष हिमाल अधिकारीले जानकारी दिएका छन् । लामो समयदेखि युएईमा कष्टकर जीवन बाचिरहेका खतिवडालाई झापाली समाज युएईको रास अल खेमा क्षेत्रले पनि २ सय दिराम सहयोग गर्ने प्रतिबद्धता अध्यक्ष खगेन्द्र बुढाथोकीले गरेका छन् ।

रासअलखेमा क्षेत्रमा बुढाथोकी झापाली समाज युएईको रास अल खेमा क्षेत्रको अध्यक्षमा झापा शनिस्चरेका खगेन्द्र बुढाथोकी सर्वसम्मत चयन भएका छन् । बिगत १४ वर्षदेखि युएईमा रोजगारी गरिरहेका बुढाथोकी उक्त क्षेत्रका बिस्वासिला, परिपक्व र हक्की व्याक्तित्वका रुपमा परिचित छन् ।

समितिको उपाध्यक्षमा सोहि क्षेत्रका तिन जना समाजसेवी व्याक्तित्वहरु क्रमशः तिलक बुढाथोकी, गणेश निरौला र राजकुमार घिमिरे चयन भएका छन् । त्यसरी नै सचिवमा रूकमान थापा मगर, सहसचिवमा युवराज अधिकारी, कोषाध्यक्षमा रमेश कडरिया र सह(कोषाध्यक्षमा भिम प्याकुरेल सर्वसम्मत चयन भएका छन् । क्षेत्रीय समिति राकको कार्यसमितिको सदस्यहरुमा खेम नेउपाने, कमल अधिकारी जयकुमार तामाङ, संगीता डाँगी, खुस्बु खरेल, फडिन्द्र दाहाल र हरिशरण श्रेष्ठ चयन भएको उपाध्यक्ष तिलक बुढाथोकीले जानकारी दिएका छन् । अधिवेशन सफलताका लागि झापाली समाज युएई अधिवेशन आयोजक समितिका संयोजक रोहित भण्डारी प्रमुख अतिथि र बिशेस अतिथिका रुपमा समाजको सारजा क्षेत्रीय समितिका सचिब भरत बुढाथोकी, सल्लाहकार सदस्य निस्चल दाहाल र फडिन्द्र दाहाल सहभागी भएका थिए ।

उक्त अधिवेशनले केशव कार्कीलाई सल्लाहकार संयोजकमा चयन गर्दै टिएन शर्मा, निलकन्ठ चम्लागाई र रोशन दाहाललाई सल्लाहकार सदस्यमा मनोनित गरेको सचिब रुकमान थापाले जानकारी दिएका छन् । झापाली समाजको राक क्षेत्रीय समितिले आफ्नो कार्यकालमा विभिन्न ६ केसहरुमा करिब ८० हजार रुपैयाँ आर्थिक सहयोग गरेको प्रतिवेदन प्रस्तुत गरेको छ । यसमा गत मार्च १० मा आजिवन सदस्य छलिमाया थापा मगरको उपचारका लागि ७ सय ३१ दिराम, बाडिपीडितको सहयोगका लागि ६ सय ८० दिराम राक क्षेत्रले योगदान गरेको जनाइएको छ । त्यसरी नै बिर्तामोड झापाको अपांग बाल शिक्षा सरोकार केन्द्रको सहयोगका लागि २ सय दिराम, आजिवन सदस्य रिता खडकाको बुबाको उपचार सहयोगका लागि ५ सय दिराम, साउदीको जेलमा रहेका नवलपरासीका स्थानेस्वर भुसालको उद्दारका लागि २ सय र युएईमै रहेको एक कम्पनीले तलब नदिएका कारण समस्यामा परेका मातृका फुयाललाई २ सय ५० दिराम सहयोग उपलब्ध गराएको अध्यक्ष बुढाथोकीले जानकारी दिएका छन् । ।

अबुधाबीमा पनि दोहोरिए हिमाल । झापाली समाज युएई क्षेत्रीय समिति अबुधाबीको अधिवेशनले हिमाल अधिकारीलाई नै अध्यक्षमा पुनः दोहोर्‍याएको छ । अधिकारीको नेतृत्व क्षमता, समाजप्रतिको योगदानको मुल्यांकन गर्दै पुनः जिम्मेवारी सुम्पिएको अबुधाबी क्षेत्रका पुराना सामाजिक अभियन्ताहरुले जानकारी दिएका छन् । सन २००७ देखि युएईमा रोजगाररत अधिकारी प्रष्टवक्क्ता र लगनशील व्याक्तित्वका रुपमा चिनिन्छन । मार्च १६ शुक्रबार अबुधाबीको खलिफा पार्कमा सम्पन्न भएको अधिवेशनले सबै पदहरुमा सर्बसम्मत रूपमा नयाँ कार्यकालका लागि पदाधिकारीहरु चुनेको छ ।

कार्यसमितिको उपाध्यक्षमा मोहन दाहाल र टिका कट्टेललाई नियुक्त गरिएको छ । नवनियुक्त दुबै उपाध्यक्ष सामाजिक अभियानमा यसअघि पनि सक्रिय र अनुभवी व्यक्ति हुन् । समितिको सचिबमा कुशल संगठक र सञ्चार क्षेत्रमा राम्रो संभावना भएका शेषराज न्यौपाने चयन भएका छन् । यसैगरी सह(सचिवमा सूर्य खवासले जिम्मेवारी पाएका छन् । खवास पनि युएईको सामाजिक जिवनमा सक्रिय समाजसेवी हुन् । समितिको कोशाध्यक्षमा काशीनाथ ढ़क़ाललाई पुनः दोहोर्‍याइएको छ ।

यसैगरी सदस्यहरूमा सीता उप्रेती, प्रमोद लुईटेल, हेम शिवाकोटी, अम्बिका दर्ज़ी, बिरेन्द्र थापा, नरेन्द्र निरौला र बलराम आर्याल सर्वसम्मत चयन भएका छन् । समितिले आफ्नो कार्यकालमा गरेका सामाजिक तथा आर्थिक सहयोगका विवरण पनि सार्वजनिक गरेको छ । अन्य समितिभन्दा सक्रिय र दरिलो क्षेत्रीय समितिको परिचय बनाएको अबुधाबी क्षेत्रले आफ्नो कार्यकालमा उल्लेख्य सहयोग गरेको देखिन्छ । राक क्षेत्रकि आजिवन सदस्य छलिमाया थापाको उपचारका लागि २ सय दिराम र अपांग बाल शिक्षा सरोकार केन्द्रमा कार्यक्रम गर्दा २ सय दिराम सहयोग गरेको छ । त्यसरी नै युएईमा अलपत्र नेपालीहरुको सहयोगका लागि १ सय दिराम सहयोग उपलब्ध गराएको देखिन्छ । बाडिपहिरोले झापाका धेरै भाग प्रभावित हुदा अबुधाबी क्षेत्रले २ हजार ५ सय बराबरको आर्थिक सहयोग उपलब्ध गराएको अध्यक्ष अधिकारीले बताएका छन् ।

त्यसरी नै आजिवन सदस्य रिता खडकाको बुबाको उपचारका लागि ४ सय ३० दिराम सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ । नयाँ कार्यसमिति गठन भएकै दिन अबुधाबी क्षेत्रले आफ्नो एरियामा समस्यामा परेका लोकेस खतिवडालाई ५ सय दिराम सहयोग गर्ने निर्णय गरेको छ । आर्थिक, साङगठनिक र संख्यात्मक दृष्टिले झापाली समाज अबुधाबी क्षेत्र सुदृढ मानिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *