Menu

उत्तरगंगा माविको प्रध्यानाध्यापक नियुक्तिप्रति अखिल (छैठौँ) को आपत्ति !

डम्मर बुढा मगर बागलुङ, २०७४ चैत ४ । ढोरपाटन नगरपालिकाले उत्तरगंगा मावि बुर्तिबाङमा प्रध्यानाध्यापक नियुक्ति गरेको भन्दै अनेरास्ववियू (छैठौँ), बागलुङले आपत्ति जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै शिक्षा ऐन, नियमावली र विधी विपरित नगरपालिकाले विद्यालयका शिक्षक इश्वरी प्रसाद पौडेललाई प्रध्यानाध्यापकमा नियुक्ति गरेको भन्दै आपत्ति जनाएको हो ।

अखिल (छैठौँ) का जिल्ला अध्यक्ष शिव चालिसेद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ—कुनै पनि विद्यालयको प्रध्यानाध्यापक कसलाई बनाउने भन्ने विषय स्वयम् त्यस विद्यालयको हुन्छ, विद्यालय व्यवस्थापन समितिको अधिकार क्षेत्रभित्र हुन्छ । तर, उत्तरगंगा माविमा राजनीतिक प्रतिशोधको आधारमा नि.प्र.अ. नविन जिसीलाई हटाएर नगरपालिकाले त्यसरी नियुक्ति गर्नु नगरपालिकाको शिक्षा ऐन, नियमावली र विधि विपरीत छ ।

राजनीतिक रुपमा प्रध्यानाध्यापकको नियुक्ति गदैँ जाँदा त्यसले शिक्षा क्षेत्रमा सुधारको साटो वैमनस्यता ल्याउने विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा नगरपालिकाले गरेको निर्णयलाई यथासिघ्र फिर्ता ल्याउन आग्रह गरिएको छ । अन्यथा विद्यार्थी आन्दोलनको बीचबाट आफुहरु अगाडि बढ्ने र त्यसको लागि सहयोग गर्न सवै अभिभावक, विद्यार्थी तथा अन्य संघ संगठनलार्ई आह्वान गरिएको छ ।

चैत २ गते शुक्रबार नगरकार्यपालिकाको बैठकमा उत्तरगंगा माविको प्रध्यानाध्यापक नियुक्तिको विषयमा प्रस्तावमाथि छलफल हुँदा कार्यपालिकाका सदस्यहरु बीच नै राजनीतिक आधारमा स्पष्ट दुइ खेमामा मत विभाजन भएको थियो ।

बैठकमा उक्त विद्यालयको प्रध्यानाध्यापकमा इश्वरी प्रसाद पौडेललाई नियुक्ति गर्ने प्रस्ताव एमाले र माओबादी केन्द्रबाट निर्वाचित नगरकार्य समितिका सदस्यहरुले राखेपछि उता राष्ट्रिय जनमोर्चा र कंग्रेसबाट निर्वाचित नगरकार्यपालिका सदस्यहरुले भने नगरपालिकाले शिक्षा ऐन नियमावली र विधि विपरित कुनै पनि व्यक्तिलाई सिधै प्रअ नियुक्ति गर्ने अधिकार नभएकाले प्रअमा जुनसुकै व्यक्ति आएपनि विधि र प्रकृयाबाट हुनुपर्ने भन्दै आपत्ति जनाएका थिए । बहुमतले पौडेललाई नै नियुक्ति गर्ने निर्णय गरेपनि त्यसको विपक्षमा मत राख्ने नगरकार्यपालिकाका सदस्यहरुले उक्त निर्णयप्रति नोट अफ डिसेन्ट गरेका थिए ।

वर्षौदेखि प्रअ विवाद हुँदै आएको उत्तरगंगा माध्यमिक विद्यालय ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा नगरकार्यपालिकाको यो निर्णयले नराम्रो बिबाद निम्त्याउने निश्चित देखिन्छ ।

त्यहाँ अध्यापनरत शिक्षक धनबहादुर कुँवर र ईश्वरी प्रसाद पौडेल बिच भैरहेको विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो । अदालतले धनबहादुर कँवरलाइ प्रअको रुपमा फैसला गरेको थियो ।

नि.प्रअ निमबहादुर जीसी (नबिन)ले ढोनपा नगरकार्यपालिकाको राजनैति पूर्वाग्रह राखी गरिएको निर्णयले आफुलाई अन्याय भएको ईबागलुङलाई बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *