Menu

समाजसेवी घर्तीको निधनमा ताराखोलामा श्रद्धान्जलि सभा

पूर्ण भद्र निउरे ताराखोल २०७४ चैत ४ । ताराखोला गाउँपालिकाका सामाजिक व्यक्तित्व कबिरप्रसाद घर्तीको ६७ वर्षको उमेरमा आईतवार निधन भएको छ । स्थानीय स्तरमा शिक्षा तथा सामाजिक र राजनीतिक क्षेत्रमा योगदान पु(याएका घर्तीको निधनमा आज ताराखोलामा श्रदाञ्जली सभा भएको छ ।

नेकपा एमाले तथा माओवादी केन्द्रले संयुक्त रुपमा गरेको श्रद्धान्जलिी कार्यक्रममा वक्ताहरुले सामाजिक सुधार र परिवर्तनका लागि महत्वपूर्ण योगदानको स्मरण गर्दै घर्तीको निधनले अपुरणिय क्षेती पुगेको वताएका थिए । बागलुङ बजारको उपल्लाचौरमा रहेको आफ्नै घरमा निधन भएका उनको पार्थिब शरीर अन्त्यष्टीका लागि जन्म स्थान ताराखोला ल्याईएको थियो। घर्तीको पार्थिव शरीरमा पार्टीको झण्डा झण्डा ओडाएर अन्तिम श्रदाञ्जली दिएका थिए ।

समाजसेवी स्व. घर्ती माओवादी जनयुद्धमा ताराखोलाबाट बिस्थापित भएर सदरमुकाम बागलुङ बजार गएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *