Menu

पाँचौँ धौलागिरी कप टी–२० क्रिकेट प्रतियोगिता सुरु : १८ टिम सहभागी !

डम्मर बुढा मगर, बागलुङ २०७४ चैत ४ । चैत्राष्टमी मेलाको अवसरमा आयोजना गरिएको पाँचौँ धौलागिरी कप टी–२० क्रिकेट प्रतियोगिता २०७४ आईतबारदेखि बागलुङको बाङ्गेचौरमा सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि रहेका बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बागलुङमा सबै खेलहरुको विकासका लागि आफुहरुले आफ्नो स्थानबाट पहल गर्ने बताए ।

बागलुङलाई पर्यटकीय, धार्मिक स्थलहरुले मात्रै नभएर खेल क्षेत्रबाट पनि चिनाउन सकिने उनले बताए । यहाँ सबै खेलहरुको विकास गर्न जरुरी रहेको भन्दै खेलले पनि बागलुङको पहिचानलाई सबै स्थानहरुमा व्यापक बनाउन सकिने बताए ।

कार्यक्रम फ्युचर ब्राईटर बोर्डिङ स्कुलका प्रिन्सिपल बालकृष्ण शर्माको अध्यक्षता, बागलुङ कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काको स्वागत मन्तव्य र निशान खड्काको संचालनमा सम्पन्न भएको थियो ।

आजको उद्घाटन खेल पोखरा लेकसाईड र बागलुङ क्रिकेट क्लवको बिच भएको थियो । यो प्रतियोगितामा १८ समूहको सहभागिता रहेको आयोजकले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *