Menu

गुल्मी धुर्कोटको खड्गछत्र मन्दिरमा श्रीमद्भागवत धार्मिक महोत्सव सुरु !

प्रेम सुनार, गुल्मी २०७४ चैत ४ । गुल्मीको धुर्कोटमा आईतवार देखि श्रीमद्भागवत धार्मिक महोत्सव सुरु भएको छ । चैत १० गते सम्म चल्ने महोत्सवको गुल्मी क्षेत्र नम्वर २ , प्रदेश १ का सांसद दिनेश पन्थीले उद्घाटन गरेका थिए ।

‘धुर्कोटको विकास हाम्रो शान, धुर्कोटको कोट हाम्रो पहिचान’ भन्ने नाराका साथ धार्मिक महोत्वस संचालन गरिएको छ । धुर्कोट गाउँपालिका वार्ड नम्बर ६ धुर्कोट रजस्थलमा रहेको खड्गछत्र मन्दिरमा मन्दिर ब्यवस्थापन समिति र धुर्कोट गाउँपालिकाको प्रवर्धनमा धार्मिक महोत्वस सुरु भएको हो । महोत्वसमा युवा तथा बाचन सम्राट पण्डित भिमकान्त पन्थीको मुखारबिन्दबाट प्रवचन भइरहेको छ ।

धार्मिक महोत्सवमा युवा तथा वाचन सम्राट भिमकान्त पन्थीको मुखारबिन्दबाट प्रवचन तथा भजन किर्तन हुँदै छ । महोत्सवको पहिलो दिन करिव ५ लाख रुपैयाँ विभिन्न दानवरहरु घोषणा गरेका छन् ।

ऐतिहाँसिक धुर्कोट कोटको संरक्षण तथा मन्दिर निर्माण सहयोगार्थ श्रीमत भागवत् सप्ताह धुर्कोट धार्मिक महोत्वस २०७४ संचालन गरिएको गाउँपालिकाका उपप्रमुख शिव खत्रीले बताए । धुर्कोट गाउँपालिका वार्ड नम्बर ६ धुर्कोट रजस्थलमा रहेको खड्गछत्र मन्दिर ब्यवस्थापन समितिको आयोजना तथा धुर्कोट गाउँपालिकाको प्रवर्धनमा धुर्कोट धार्मिक मेला हुन लागेको हो ।

कार्यक्रममा धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल, नेपाली कांग्रेसका नेता छन्द पहराई लगायतले मन्तव्य राखेका थिए । उद्घाटन सत्र पछि भजन कीर्तन र एैतिहाँसिक धुर्कोटे नौमति वाजमा नाँच गान गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *