Menu

बुर्तिवाङ होटेलको कोठामा एक महिला झुण्डिएको अवस्थामा मृत फेला

प्रेम सुनार, गुल्मी २०७४ चैत ४ । १९ वर्षिया राधिका न्यौपानेले बिबाह भएको एक महिना नबित्दै आफु बसेको बुर्तिवाङ होटेलको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी छन् ।

ईलाका प्रहरी कार्यालय वुटवलका प्रमुख डिएसपी केशव भट्टराईका अनुसार हिजो साँझ वुटवल ट्राफिकचोक स्थित वुर्तिबाङ होटलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी तानसेन नगरपालिका वडा नम्वर ३ की १९ वर्षिया राधिका न्यौपानेले बिबाहको एक महिना नपुग्दै ज्यान हालेकी हुन् ।

उनले त्यस होटलमा श्रेया नेपाल नाम लेखाउँदै हिजो विहान १० ÷११ बजेको समयमा कोठा बुक गरी बसेको र साँझपख मृत फेला परेकी थिईन । त्यस प्रहरी कार्यालयका प्रहरी निरीक्षक भिम भट्टराईका अनुसार वुटवल–५, गोलपार्क उनको माईती घर भएको र उनका माईतीजनले गत फागुनमा उनको पाल्पामा विवाह भएको बताएका छन् ।

उनी ३ दिन अघि मात्र माईती घरबाट हराएकी थिईन । प्रहरी निरीक्षक भट्टराईले पाल्पामा रहेका पाण्डे थरका उनका श्रीमानलाई बोलाईएको र उनि आए पछि मात्र थप कुरा खुल्ने बताए । घटनाबारे अनुसन्धान भई रहेको उनले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *