आजको तस्वीर : भड्कुवाको घुमाउने घर ।

बागलुङ (कुस्मीसेरा) २०७४ चैत ४ । गाउँघरमा विकासले फड्को मारेसँगै धेरै पुराना कुराहरु हराउदै गएका छन । केहि वर्ष पहिले सम्म गाउँघरमा चलनचल्तीमा रहेका परम्परागत भाँडावर्तन मात्र होईन दैनिक व्यबहारमा आउने साजभाडा हलो कोदालो पनि बिरलै देख्न पाईन्छ । पानी संग्रह गर्ने रोँचे, जन्तीलाई भतेर (खाना) पकाउने ठुलाठुला खँडकुडा, ताउला मात्रै नभएर तामाका भाँडाहरु विस्थापित भएर सिल्भर (सिल्टे) र स्टिलले ठाउँ लिएको छ ।

एक दशक पहिले सम्म बागलुङ जिल्लाको दक्षिण भेगका गाउँगाउँमा प्रशस्त मात्रामा रहेका घुमाउने (बाटुले) घरहरु अहिले आएर अक्कल झुक्कल देख्न पाईन्छ । जैमिनी नगरपालिकाका उपपमुख लिला रानाले नगरपालिका अनुगमकोक्रममा वडा ८ को भड्कुवामा देखेको घुमाउने घरको तस्वीरलाई आफनो फेसबुकमा शेयर गरेका छन् ।

विश्वास गरौँ, केहि वर्ष पछी यो घरले पनि काँचुली फेरिसकेको हुन्छ र यहि तस्वीर हेरेर हाम्रा पुर्खाका घरहरु भनेर भन्नुपर्ने हुन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *