बडीगाड गाउँपालिकाको खर्वाङमा केराखेती अभियान सुरु

कमल पौडेल, खर्वाङ (बागलुङ) २०७४ चैत ४ । नमुना कृषि समुह बडीगाड २ खर्वाङव्दारा आयोतित एक कार्यक्रमका बीच शनिवार स्थानिय सुमित्रा पोखरेलको वारीमा कार्यवाहक वडाध्यक्ष हिमा खरेलले केरा रोपेर केराखेती अभियानको सुरुवात गरेकी छन् ।

अभियानको शुभारम्भ पछी बोल्दै कार्यवाहक वडाध्यक्ष खरेलले कृषि पेसालाई व्यावसायीक गराउँदै लैजानु पर्ने र राज्यको श्रोत कृषकको मिहनेतले किसानहरु सम्वृद्ध वन्न सक्ने वताईन् ।

बडीगाड गाउँपालिको वडा नं. २ जिमीमा भएको कार्यक्रममा कृषि विकास कार्यालय बडीगाडका प्रमुख कल्पना पुन, वडा सचिव गिता पौडेल, नव प्रतिभा वचत तथा ऋण सहकारीका प्रवन्धक दुर्गा अर्याल, सक्न्यार दनिया मोटरवाटोका अध्यक्ष ढालेन्द्र शेरचन, जिमी दगा मोटरवाटोका अध्यक्ष गोकुल गिरी, बडीगाडका प्रेस सल्लाहकार कमल पौडेल लगाएतले बोलेका थिए ।

औपचारीक कार्यक्रम कृषि समुहका अध्यक्ष मेघनाथ खरेलको अध्यक्षता, सदस्य विष्णु माया अर्यालको स्वागत मन्तव्य तथा सचिव सेर वहादुर श्रीसको संचालनमा सम्पन्न भएको थियो।

वडा नं. २ को लागी कृषि तर्फ विनियोजित १० लाख मध्ये १ लाख ५० हजार केरा खेतिमा, ३ लाख अदुवा तथा वेसार खेतिमा, तरकारी टनेलको लागी २ लाख मौरी पालनको लागि १ लाख ६५ हजार र पशुविज कन्टेनरको लागी ६० हजार खर्च गरिने झण्डै ३ सय किसान लावान्भित हुने कृषि समुहका अध्यक्ष मेघनाथ खरेलले बताए ।

रसायनिक विषादी मुक्त, जैविक खेतीको विकास गर्ने, प्राङ्गारिक मलको प्रयोग गरि कृषि प्रवद्र्धनको लागी पकेट क्षेत्र निर्माण गर्ने गरि कार्यक्रम अगाडि वढाइएको सचिव शेर वहादुर श्रीसले जानकारी दिए । बडीगाड गाउँपालिकाको प्रत्येक वडामा कृषि पकेट क्षेत्रको लागी १०÷१० लाख तथा केहि वडाका विशेष क्षेत्रमा विशेष कृषि क्षेत्र भनि थप १०÷१० लाख विनियोजन गरिएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *