स्याङ्जा सोरेकबाट उडेका एक दर्जन प्यारापाईलटहरु खर्वाङमा अवतरण !

कमल पौडेल, खर्वाङ (बागलुङ) २०७४ चैत ४ । बावु एड्भेन्चर प्याराग्लाईडिङ स्कूल स्याङ्जाको एड्भान्स पाइलटहरुको टाक्स कार्यक्रम शनिवार सम्पन्न भएको छ । २३ जना प्यारा पाईलटहरु मध्य १२ जनाले स्याङ्जाको सोरेकवाट बागलुङको खर्वाङमा सफल अवतरण गरेका छन् भने १० जनाले गुल्मीको रुद्रवेनीमा सफल अवतरण गरेको स्काई गाईडिङ मोहन कुमार सुनुवार राईले जानकारी दिए ।

सुनुवारका अनुसार १५ दिनको सामान्य ट्रेनिङ हुने र पाइलटको लागी १८ महिने ट्रेनिङ पछि सो टास्कको आयोजना गरिने गरेको छ । शनिवार सफल अवतरण गरेको प्यारा पाईलटहरुले अव यात्रु सहितका प्यारा गलाईडर चलाउन सक्ने सुनुवारले जानकारी दिए ।

स्याङ्जावाट प्यारा ग्लाईडिङमा मौसम अनुसार १ घण्टा देखि २ घण्टा भित्र आउन सकिने वताईएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *