सि.एच. आई. टि. एफका खेलाडीहरुद्वारा सरसफाई : एक दिन सरसफाई गरेर बुर्तिबाङ बजार सफा हुन्न !

सुमन सुनार, बुर्तिवाङ २०७४ चैत ३ ।बागलुङ सि.एच. आई. टि. एफका खेलाडिहरुले आज बुर्तिबाङ बजार सरसफाई गरेका छन् ।

बुर्तिबाङ बजारमा नयाँ वर्ष २०७५ सँगै आयोजना गर्न लागिएको ढोरपाटन महोत्सव २०७५ को पुर्व सन्ध्यामा ईलाका प्रहरी कार्यालय बुर्तिबाङ सहित स्थानिय सञ्चारमाध्यमहरु सामुदायिक रेडियो परिवर्तन, सामुदायिक रेडियो ढोरपाटन र रेडियो बुर्तिबाङसंगको समन्वयमा खेलाडिहरुले बजार सरसफाई गरेका हुन् ।

सीएच आईटीएफका खेलाडि, प्रहरी कार्यालय प्रतिनीधी तथा पत्रकारको टोलीले बुर्तिबाङ रीभरहेड ईन्टरनेश्नल बोर्डिङ नजीकैबाट देबचोक, जनता सेकेण्डरी ईङलीस बोर्डिङ स्कुल, बषपार्क, स्वामीबोट हुदै दुले सम्म सरसफाई गरिएको छ ।

आगामी बैशाख १ देखि ७ गते सम्म सञ्चालन हुने ढोरपाटन महोत्सवलाई लक्षित गरि सि.एच. आई. टि. एफका खेलाडिहरुले बजार सरसफाई संगै बजारका विभिन्न चोक चोकमा डष्टपिन समेत राखिदिएका छन् । फोहोर ब्यवस्थपनका लागी मद्धत पुगोस भन्ने उद्धेश्यले २४ वटा डष्टपिन समेत राखिदिएका छन् । साथै उनिहरुले बजार क्षेत्रमा जथाभावि फोहोर नफाल्न स्थानिय जनसमुृदायलाई अनुरोध समेत गरेका छन् ।

सि.एच. आई. टि. एफका अध्यक्ष दिपेन्द्र बुढाले फोहोर ब्यवस्थापनका लागी घर घरबाटै सुरु गर्न आवश्यक रहेको बताए । उनले कुनै एउटा संघ, संस्थाले एक दिन मात्र बजार सरसफाई गरेर बुर्तिबाङ बजार सफा र स्वस्थ नहुने भन्दै सवैले हातेमालो गर्दै फोहोर ब्यवस्थापन तथा सरसफाईमा ध्यान दिन आवश्यक रहेकोे बताए ।

महोत्सवकै अवसरमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम संगै राष्ट्रिय सिएच आइटिएफ तेक्वान्दो च्याम्पियनशीपको समेत आयोजना गरिएको छ । पश्चिम बागलुङ स्तरीय कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला एवं ढोरपाटन महोत्सव २०७५ बुर्तिबाङ नामांकन गरिएको उक्त महोत्सवमा स्थानीय कृषि उपज, पशु तथा पशुजन्य बस्तु पर्दशनी, हस्तकला, शीलपकला तथा स्थानीय कला संस्कृतिको संरक्षण एवं उद्योग व्यापारको पर्वद्धन गर्ने उदेश्य रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *