Menu

पर्बत उबा संघको निर्वाचनमा ८६.८३ प्रतिशत मत खस्यो, मतगणना राति ८ बजे सुरु हुने !

महेन्द्र केसी पर्वत २०७४ चैत ३ ।पर्बत उद्योग वाणिज्य संघको मतदान सकिएको छ । शनिबार भएको मतदानमा ८६ दशमलव ८३ प्रतिशत मत खसेको निर्वाचन समितीले जनाएको छ । मतदानमा कुल १५ सय ८७ मत मध्ये १३ सय ७८ मत खसेको निर्वाचन अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम शर्माले जानकारी दिए ।

विहान ८ बजे बाट सुरु भएको मतदान वेलुका ५ बजे सम्म जारी रहेको थियो । मत गणना अहिले साझ सुरु गरिने दुवै पक्ष र निर्वाचन समिती विच सहमती भएको छ ।

उद्योग वाणिज्य संघको अध्यक्षका लागि दुई जना प्रतिस्र्पधामा रहेका छन् । २२ सदस्यका लागि दुई प्यानलका गरि ४४ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । बाणिज्य संघमा अध्यक्ष सहित २३ सदस्य कार्यसमिती रहने व्यवस्था रहेको छ ।

उद्योगी व्यावसायीको चुनाव भएपनि राजनिति दलसँगको आवद्धताले स्थानिय निकायको झल्को दिने खालको मतदान देखिएको थियो ।

अध्यक्षका प्रत्याशि केदारनाथ शर्मालाई बामगठबन्धनको समर्थन छ भने लेखनाथ शर्माको प्यानललाई नेपाली काग्रेसको समर्थन रहेको छ । पर्बतमा यो चुनावलाई राजनीतिक प्रतिष्ठाको रुपमा पनि हेरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *