Menu

धुल्लुबास्कोट लिउवामा एक हप्ते ब्यबसाय सचेतना तालिम

प्रकाश छन्त्याल, बरेङ २०७४ चैत ३ । गरिबी निवारणका लागी लघु उधम बिकाश कार्यक्रम भन्ने नाराका साथ बागलुङको बरेङ गाँउपालिका वडा नं १ धुल्लुबास्कोट लिउवामा एक हप्ते ब्यबसाय सचेतना तालिम शुक्रबार देखि शुरु भएको छ ।

संगम तालिम परामर्श केन्द्र बागलुङको आयोजना,घरेलु तथा साना उधोग बिकाश समिती मुख्य शाखा कार्यलय बागलुङ तथा लघु उधम बिकाश कार्यक्रम एपिएओ पोखराको सहयोगमा शुरु भएको तालिममा जनजाती ८ जना,दलित ६ जना,अन्य ६ जना गरि २० जनाको सहभागिता रहेको छ ।

तालिमको पहिलो दिन बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रशाद शर्माले उटघाटन गर्दै यो तालिमले बिभिन्न उद्यम सिकाई उपलब्ध गरि स्वरोजगार हुने अपेक्षा रहेको बताएका थिए । उदघाटन कार्यक्रममा बरेङ गाँउपालिकाका उपाध्यक्ष दिल कुमारी पुन,बरेङ गाँउपालिकाका वडा नं १का वडा सदस्य छत्र बहादुर थापा लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन उधम बिकाश बागलुङका सहजकर्ता रमेश कुमार शाहीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *