Menu

महिलाहरुको क्षमता बिकास र हुईलचियर सहयोग कार्यक्रम सम्पन्न !

बागलुङ २०७४ चैत ३ । ग्रामिण भेगका महिलाहरुको जीवनस्तर उठाउन र आर्थिक समृद्धिको लागि सहकारिका सदस्यहरुले खेल्नु पर्ने भुमिका बारे क्षमता बिकास गर्न छलफल कार्यक्रम तथा हुईल तियर सहयोग कार्यक्रम बाग्लुङमा सम्पन्न भयो ।

सत्कर्म नेपाल र आमा मिलन बचत तथा ऋण सहकारी संस्थाको संयुक आयोजनामा सहकारी सदस्यहरुलाई परिलक्षित गरि गरिएको छलफल कार्यक्रममा सत्कर्म नेपालका अभियन्ता एवं अधिकारकर्मी सीताराम थापाले बर्तमान सन्दर्भमा महिला सहकारीको महत्व, भुमिका र जिम्मेवारी तथा सामुहिक दायित्व बारेमां अभिमुखिकरण गरेका थिए ।

सहकारी उप समितिको सदस्य गुमा छन्यालको बुबालाई हिडडुल गर्न सहज होस भन्ने उद्देश्यले सत्कर्म नेपालको तर्फबाट अभियन्ता थापाले एउटा हुईल चियर हस्तान्तरण गरेका थिए ।

समारोहमा सहकारीको ऋण समिति, लेखा समिति र शिक्षा समिति समेत गठन गरिएको सहकारीकी उपाध्यक्ष लिलावती केसी ले बताईन् । सहकारीकी अध्यक्ष कल्पना चालिसेको अध्यक्षता सम्पन्न कार्यक्रममा स्वागत तथा संचालन सचिब ज्ञानदेवी थापा मगरले गरेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *