टेलिभिजन वर्तमान समाजमा प्रभावकारी विद्युतीय सञ्चारको रुपमा स्थापित – नगर प्रमुख पौडेल

धौलागिरी टेलिभिजनले मानव सेवा आश्रमलाई वाशिङ मेसिन हस्तान्तरण गदै वार्षिकोत्सव मनायो !

बागलुङ, २०७४ चैत ३ । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले श्रब्य र दृष्य प्रशारण गर्ने टेलीभिजन वर्तमान समाजमा प्रभावकारी विद्युतीय सञ्चारको रुपमा स्थापित हुदै गएको बताएका छन् ।

उनले धौलागिरी टेलिभिजनको चौँथो वार्षिकोत्सवको अवसरमा बोल्दै निजी क्षेत्रको लगानीमा संचालित टेलिभिजनले धौलागिरीको सामाजिक उत्तरदायित्व वहन गरेको उल्लेख गरे ।

औपचारिक कार्यक्रम भन्दा गरिव, विपन्न र जेष्ठ नागरिकहरुलाई सहयोग गर्ने गरी विगतका वार्षिक उत्सव मनाउदै आएको टेलिभिजनले मानव सेवा आश्रमको आवश्यकता महसूस गरी वासिङ मेसिन हस्तान्तरण गरिएको जनाएको छ ।

सोही अवसरमा टेभिजनका लेखा समिति संयोजक सिद्धार्थ मिलन श्रेष्ठले भाई डाक्टर सगुन मिलन श्रेष्ठको जन्मदिनको अवसरमा स्टील दराज, कोषाध्यक्ष असोक कुमार श्रेष्ठले खाद्यान्न र हालै वैवाहिक जिवनमा वाधिएकी टेलिभिनका वजार प्रतिनिधि प्रविना रोकाले नगर ५ हजार मानव सेवा आश्रमलाई सहयोग गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीष, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव रामकृष्ण शर्मा, प्रेस सेन्टर बागलुङका अध्यक्ष राम थापा, प्रेस युनियनका सचिव संगम घर्ती, मानव सेवा आश्रमका अभिभावक संयोजक मनिष रायमाझी लगाएतले शुभ कामना मन्तव्य व्यक्त गरेका थिए ।

टेलिभिजन पाचौँ वर्षमा प्रवेश गरेको अवसरमा विषम परिस्थितिमा पनि जनताको सुसूचित हुन पाउने अधिकार पूरा गर्ने अठोट व्यक्त गर्दै टेलिभिजन प्रालिका अध्यक्ष राजकुमार श्रेष्ठले सामाजिक परिवेश सुहाउदो हुने गरी स्थापित गर्न आफुहरु प्रतिवद्ध रहेको वताएका थिए ।

कार्यक्रम उपाध्यक्ष दयाराम पौडेलको अध्यक्षता, सचिव रामबहादुर जिसीको सञ्चालन र प्रवन्ध संचालक प्रकाश पौडेलले स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

टेलिभिजनले आफ्नो सेवालाई प्रदेश नं. ४ मा विस्तार गर्ने तयारी थालेको छ । २०७० असोज १९ गते परिक्षण प्रशारण शुरु गरी चैत २ गतेदेखि औपचारिक रुपमा सेवा प्रारम्भम गरेको टेलिभिजनले यसै आर्थिक वर्षदेखि प्रदेश नं. ४ का सबै जिल्लामा सेवा विस्तार गर्न लागेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *