Menu

काठेखोला गाउपालिका- १ पालामा एक दिने शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न !

रनिश राना, बागलुङ २०७४ चैत ३ । काठेखोला गाउपालिकाको सहयोग वडा नम्बर ज्ञको आयोजनामा एक दिने शैक्षिक कार्यशाला गोष्ठी पालामा सम्पन्न भएको छ। काठेखोला गाउपालिका १ स्थित विद्यालयहरूको समग्र शैक्षिक सुधार गर्न तथा सिपमुलक , व्यवहारिक शिक्षा प्रदान गर्न कार्यशालाको आयोजना गरिएको उक्त कार्यशालामा विद्यालय सुधार योजनाको निर्माण कार्न्वयन ,संघीयतामा स्थानिय शिक्षा विद्यालय सुधार सुरक्षा गर्न सरोकारवालाको भुमिकाको बारेमा छलफल गरिएको थियो ।

उक्त कार्यक्रमको प्रमुख अतिथी काठेखोला गाउपालिकाका अध्यक्ष अमर थापाले शैक्षिक सुधार तथा प्रगतिको लागी व्यवहारिक सिप सिकाउन जरुरी रहेको बताएका थिए।

कार्यक्रममा वडा भित्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो। कार्यक्रम काठेखोला गाउपालिका १ का अध्यक्ष खडक थापाको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सहजिकरण काठेखोला गाउँ पालिकाका शिक्षा अधिकृत हरि आचार्य र स्रोत व्यक्ति रामानन्द कंडेलले गरेका थिए। कार्यक्रमको सन्चालन वडा सचिव रिता रानाले गरेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *