सामुदायिक विद्यालयहरु समय सान्दर्भिक रुपमा अगाडी बढनु पर्छ : नगर प्रमुख गैरे

थम्मन थापा सन्देश,गल्कोट बागलुङ २०७४ चैत ३ । गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले प्रगति आधारभुत विद्यालय गलकोट नगरपालिका ७ मल्म बागलुङको २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्वोधन गर्दै सामुदायिक विद्यालयहरु अब समय सान्दर्भिक रुपमा अगाडी बढनु पर्ने बताएका छन् । गल्कोट नगरपालिका भित्रका विद्यालयहरुको समस्यालाई मध्यनजर गर्दै सम्बन्धित पक्ष सॅग नगरले शैक्षिक अन्तरकृया गरेको समेत उल्लेख उनले बताए ।

नगरको शिक्षा निती कस्तो हुने भन्ने विषयमा मस्यौदा तयार भएको र अब कार्यन्वयनको चरणमा रहेको समेत नगरप्रमुख गैरेको भनाई थियो ।

बिगतमा विद्यार्थी संख्या न्यून भई मर्ज हुन लागेको प्रगति आधारभुत विद्यालयले समय सापेक्ष उन्नति गरेको भन्दै नगर प्रमुख गैरेले प्रशंसा समेत गरे। अब शिक्षाको गुणस्तरलाई थप बलियो बनाउन गल्कोट नगरपालिका सदैव प्रतिवद्ध रहेको गैरेको भनाई छ ।

कार्यक्रममा गल्कोट नगरपालिका सामाजिक विकास समितिका संयोजक हिम बहादुर भण्डारी हेमन्त, गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, श्रोतव्यक्ति दिनेश पन्त, जनहित माध्यमिक विद्यालयका प्रधानध्यापक विष्णु गौतम, विद्यालयका शिक्षक अभिभावक संघका संयोजक लोक बहादुर थापा र विद्यालयका संस्थापक सदस्य दल बहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए ।

वार्षिकोत्सवको अवसरमा गत वर्ष एकता युवा मञ्च मल्मले विद्यालयमा स्थापना गरेको रु १ लाख अक्षयकोषबाट विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न र दलित ४ जना विद्यार्थीलाई मञ्चका अध्यक्ष थम्मन थापा सन्देश र कार्य समितिकापदाधिकारीले रु १२ हजारको शैक्षिक सामाग्री र पोशाक वितरण गरेका थिए ।

विद्यालयका प्रधानध्यापक नगेन्द्र बहादुर मल्लले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीले मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

सो अवसरमा जग्गादाता, चन्दादाता, अक्षयकोषकर्ता लगायतलाई सम्मान गर्नुका साथै विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

विद्यालयले वार्षिकोत्सवको अवसरमा हिजो विभिन्न प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरेको थियो । वार्षिकोत्सव कार्यक्रम प्रगति आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाको अध्यक्षता शिक्षक कृष्ण प्रसाद गौतमको स्वागत मन्तव्य र शिक्षक सावित्री थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

शुक्रबार नै गल्कोट नगरपालिकाका प्रमुख गैरे र सामाजिक विकास समितिका संयोजक हिम बहादुर भण्डारी हेमन्तले घुम्टे युवा परिवार मल्मको खेलमैदान हुलुवा खोला तटबन्ध र सप्ताहघाटको जीर्ण झोलुङगे पुलको समेत स्थलगत अवलोकन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *