कर्मचारीहरुका लागि कर्जा व्यवस्थापन तालिम जारी !

बागलुङ, २०७४ चैत २ । चारतारे युवा क्लव सिवाईसी नेपालले संस्थाको लघुवित्त कार्यक्रम अन्तर्गतका कर्मचारीहरुका लागि विभिन्न ४ चरणमा कर्जा व्यवस्थापन तालिम जारी छ ।

संस्थाद्धारा सञ्चालित लघुवित्त कार्यक्रममा हुने ऋण लगानी र असुलीका कार्यहरु नियमित, व्यवस्थित र प्रभावकारी ढंगवाट संचालनका लागि कर्मचारीहरुलाई दक्ष बनाउने एवं ऋण लगानीमा बृद्धि ल्याउने अभिप्रायले तालिमको आयोजना गरिएको थियो ।

तनहुको दमौली, पाल्पाको तान्सेन र बागलुङको खर्वाङमा तालिम समाप्त भईसकेको छ भने शुक्रवार देखि बागलुङ बजारमा सुरुवात भएको तालिमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारीले गरेका छन् ।

तालिमको उद्घाटन सत्रमा संस्था सिनीयर आन्तरीक लेखा परीक्षक अधिकृत मुक्तिप्रसाद शर्मा, बागलुङ शाखाका शाखा प्रवन्धक विष्णु पौडेल र कुश्मिसेरा शाखाका प्रवन्धक रेनु खड्काले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका शाखा कार्यालयहरु बागलुङ, बेशिसहर, सुन्दरबजार, कुश्मिसेरा, बेलवगर, बरेङ, अक्षते, दमौली र भोर्लेटार शाखाका २७ जनाको उपस्थिती रहेको तालिममा संस्थाका प्रमुख कार्यकारी अधिकृत अधिकारी, प्रवन्धक संगीता शर्मा पौडेल र सिनीयर आन्तरीक लेखापरीक्षण अधिकृत मुक्तिप्रसाद शर्मा र बचत तथा ऋण अधिकृत शान्ति शर्माले सहजिकरण गर्ने संस्थाले जानकारी दिएको छ ।

तालिममा ऋण व्यवस्थापनका मुख्य पक्षहरु, ऋण जोखिम ब्यबस्थापन, सदस्यको ऋण बिश्लेषण, सदुपयोगीता निरीक्षण र सत्यापन ऋण वर्गिकरण सम्बन्धी व्यवस्था र अभ्यास, ऋण सम्बन्धी अनुपात विश्लेषण, ऋण भाखा नाघ्नुको कारण, असर र समाधानका उपायहरु, ऋणीसँगको व्यवहार, भाखा नाघेको ऋण असुलीको कार्ययोजना तयारी, ऋण अभिलेख व्यवस्थापन लगाएतका विषयमा प्रशिक्षण हुने छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत अधिकारीको अध्यक्षतामा सम्पन्न तालिमको उद्घाटन सत्रमा स्वागत बचत तथा ऋण अधिकृत शान्ति शर्मा र सञ्चालन प्रवन्धक संगिता शर्मा पौडेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *