चट्याङले एल्सिवोट जल्दा पाण्डबखानीमा २३० घर धुरी अन्धकारमा

सुरेश छन्त्याल, पाण्डबखानी, २०७४ चैत २ । गल्कोट नगरपालिका१० पाण्डबखानीमा बिहीवार राति करिव साढे ७ बजे चट्याङ लाग्दा माउखोला लघु जलविद्युत आयोजनामा रहेको एल्सिवोट जलेको छ। दिउसो हल्का पानी परे संगै हावाहुरी र चट्याङ लाग्दा एफ्सिवोट जल्न पुगेको थियो।

समान बनाउन बुटवल पठाउने तयारी भएको छ। तर आयोजनाका अपरेटर खिम थापाका अनुसार राति लाइन दिन मिल्ने लाइनको मात्र प्रयोग गर्न मिल्ने अन्य काम चलाउन नमिल्ने जानकारी दिए ।

आयोजनामा समस्या आउदा सुनपानी,गैराभाटी,बगर,बाईगाउ र काप्रे गाउँ गरि करिव २३० घर धुरी अन्धकारमा बस्नुका साथै उदोग कलकारखाना सञ्चारमाध्यमबाट पनि प्रभावित बनेका छन् ।

त्यस्तै गल्कोट नगरपालिका१० पाण्डबखानीको फुर्से देखि सिद्धथान हुँदै खरेखोला जोर्ने गोरेटो बाटो निर्माण भैरहेको छ । गल्कोट नगरपालिकाबाट पारेको बजेटले बाटो बनाउन लागिएको स्थानीय युवराज शाशीले बताउनुभयो।बाटो निर्माण भए संगै सर्वसाधारण र विद्यार्थीहरुलाइ सहज हुने छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *