गल्कोटको रिघामा वास्थ्य स्वंय सेविकाकोलागी पुनर्ताजगी तालिम सुरु

कमल पौडेल, बागलुङ (खर्व ाङ) २०७४ चैत २ । सुआहारा कार्यक्रमको आयोजना तथा रिघा स्वास्थ्य चौकीको समन्वयमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागी पुनर्ताजगी तालिम रिघामा सुरु भएको छ। हजार दिनका आमा तथा वालवालिकाको स्वास्थ्य पोषण सम्बन्धमा भएको तालिम २ दिन सम्म चल्ने आयोजकले जनाएको छ ।

तालिमको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय पोषण अधिकृत सुदिप अर्याल, गल्कोट नगर स्वास्थ्य प्रमुख मिन गैरे, यमुना वस्याल लगाएतले वोलेका थिए ।

कार्यक्रम स्वास्थ्य चौकी रिघाका इन्चार्ज हरि वहादुर थापाको अध्यक्षता, अनमि तिर्थ कुमारी जिरेलको स्वागत मन्तव्य तथा एच.ए. दिल श्रीसको संचालनमा सम्पन्न भएको थियो। साविक रिघा गाविसका १७ जनामहिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको तालिममा रिघा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मिहरुले सहजिकरण गरिरहेको महिला स्वास्थ्य स्वयंसेविका चन्द्रा रामजाली सिंजालीले जानकारी दिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *