Menu

ईबागलुङ सहकर्मी बुढा मगरलाई धम्की !

बागलुङ २०७४ चैत १ । ईबागलुङ अनलाईनमा प्रकाशित समाचारलाई लिएर सहकर्मी डम्मर बुढा मगरलाई आज अपरान्ह ४ बजेर १४ मिनेट जाँदा धौलागिरी एफएमका पूर्व स्टेशन म्यानेजर रामकृष्ण शर्माले ल्याण्डलाईन फोन नं ०६८५२१५१२ बाट फोन गरी धम्की दिएका छन् ।

धौलागिरी एफ बिक्रीमा ? शीर्षकको समाचारलाई लिएर शर्माले सहकर्मी बुढा मगरलाई धम्क्याएको बुझिएको छ ।

ईबागलुङले ‘…धौलागिरी एफएममा कार्यरत केहि कर्मचारीले विज्ञापनको लाखौँ रकम अपचलन गरेर अन्य सन्चारमाध्यममा सरेको घटनाले पनि सन्चारकर्मीवीच चर्चा नपाएको होईन । आआफै विज्ञापन उठाउने र संस्थामा जम्मा नगरी आफुखुसी अपचलन गर्ने प्रबृत्ति हावी बनेपछी सन्चालकहरुले कर्मचारीहरुको तलब भुक्तानी दिन नसकेको बताईन्छ ।’प्रकाशित गरेको थियो ।

शर्माजीले सहकर्मी बुढा मगरलाई धम्क्याएपछी चोरको खुट्टा काट् भन्दा खुट्टा उठाएको प्रचलित कथा चरितार्थ भएको छ । कतै जो चोर उसैको ठुलो स्वर त होईन ? भन्ने प्रश्नपनि गम्भीररुपमा उब्जिएको छ ।

के भनेर थर्काए शर्माजीले सुनौँ:

dhamki

ईबागलुङ डेस्क ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *