Menu

अपडेट : बलात्कृत बालिका अस्पतालको शैयामा, दोषिलाई बचाउन चलखेल सुरु !

प्रेम सुनार, गुल्मी, २०७४ चैत १ । । मंगलवार दिउँसो साढे चार वजेको समयमा वलात्कृत भएकी गुल्मीको ईस्माकी ६ वर्षिया बालिका यति वेला अस्पतालको शैयामा छट्पटाई रहेकी छन् । यता उनका समाजका केहि मानिसहरु भने उनलाई वलात्कार गर्नेलाई कसरी कम सजाएँ दिलाउन सकिन्छ भनेर बचाउको चललेखेलमा लागेको श्रोतले बतायो ।

उक्त दिन ईस्मा गाउँपालिकावडा नम्वर ३ नयाँपोखराको हनुमान मन्दिरमा ६ वर्षिया वालिकालाई सोही गाउँपालिका वडा नम्वर ४ दर्लामचौरका प्रमाणगत रुपमा उमेर नखुलेका हिमाल दर्जीले वलात्कार गरेका थिए । वलात्कार पछि यौनांगमा छेदन भई रक्त श्राव भएर वालिकालाई जिल्ला अस्पतालमा उपचार हुन नसकी बुधवार लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासमा रिफर गरिएको थियो ।

जिल्ला अस्पताल गुल्मीका सूचना अधिकृत डाक्टर सुरेन्द्र रायमाझीका अनुसार वलात्कृत वालिकाको यौनी देखि मलव्दार सम्म छेदन् भई यहाँ उक्त घाउ सिलाउन सम्भव नभएर पाल्पा रिफर गरिएको हो ।

दोषि दर्जीलाई सुरु कै दिन देखि कम उमेर वोल्न लगाएर नावलक बनाउने चलखेल स्थानिय केहि व्यक्तिहरुले गरिरहेको प्रहरी श्रोतले बतायो । सुरुमा चौध वर्षको भएँ भनेर ती दोषिले भनेको । उनको शारीरिक अवस्था र विर्य परिक्षणको रिपोट हेर्दा १६ वर्ष पुगि सकेको र पछि निजले नै १६ वर्ष पुगँे भनेर भने पछि सोही उमेरबाट मुद्दा दर्ता गरिएको प्रहरीले बताएको छ ।

घटना विवरण बताउँदै जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले भने निजले चाउचाउ खान जाउँ भन्दै पैसाको समेत प्रलोभन देखाउँदै वलात्कार गरेको र निजलाई हिरासतमा लिएर कार्वाही प्रकृया अगाडी बढाईएको बताए ।

प्रभास अस्पतालका छोरीको उपचार गराई रहेकी उनकी आमा वेला वेलामा भक्कानिन्छिन् । छोरी रुने र डराउने गरिहन्छिन् । त्याहाँबाट टेलिफोनमा हामी संग कुराकानी गर्दै उनकी आमाले भनिन–‘ मेरी छोरीको जिन्दगी बर्वावाद गर्ने निजलाई कडा भन्दा कडा कार्वाही हुनु पर्छ ।

सुरुमा छोरीले लडेर यौनाङ्गमा दाउराको छेस्को पसेर रगत आएको भनेर ढाँटिन , पछि फकाउँदै सोद्धा त्यही हिमालले चाउचाउ खान जाँउ भन्दै मन्दिरमा लगेर जवरजस्ती आफुलाई त्यस्तो कार्य गरेको र आफु धेरैबेर सम्म त्यही वेहोस भएर पल्टेको उनले बताएको आमाले जानकारी दिईन ।

प्रहरीले भने स्थानियतहमा जो जसले चलखेल गरेपनि निजलाई मुलुकी ऐन २०२० को जवरजस्ती करणीको महल अनुसार कार्वाही हुने प्रहरी निरक्षक चौधरीले बताए ।

पछिल्लो एकदशकका बलात्कार घटनाहरु मध्ये गुल्मीमा वलात्कृत हुने सब भन्दा कम उमेर ६ वर्षकी वालिका उनि पहिलो हुन । गत वर्ष आफ्नै वावुले ६ वर्षिया छोरीलाई जवरजस्ती करणी उद्योग गरेको भन्दै प्रहरीमा मुद्दा दायर भएको थिया्े ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *