महिला सहकारी ब्यवस्थापन तथा महिला हिंसा बिरुद्ध अभिमुखिकरण तालिम सम्पन्न !

गुमानसिँह भण्डारी, गल्कोट २०७४ फागुन ३० । सहयोगी बिकास महिला बहुउदेश्यीय सहकारी सस्था लिमिटेड गल्कोट नगरपालिका ५ को आयोजनामा २ दिने महिला सहकारी ब्यवस्थापन तथा महिला हिंसा बिरुद्ध अभिमुखिकरण तालिम आज सम्पन्न भएको छ ।

कार्यक्रममा गल्कोट सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष मञ्जु शर्मा चालिसेले सहकारी शिक्षा सम्बन्धि सहकारी सञ्चालक समितिको भुमिका, कर्तब्य सँगै पछिल्लो समय समाजिक कार्य सँगै बिभिन्न संद्य सस्थामा महिलाहरुको भुमिकाको बिषयमा प्रकाश पारेकीथिईन ।

कार्यक्रम सहकारीका अध्यक्ष भगवती मल्लको अध्यक्षता र देबि खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा सहकारीका करिब ४० जना महिला सेयर सदस्यहरुको सहभागीता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *