नियन्त्रणमा आएको रेसुङ्गा वन क्षेत्रको आगो फेरी अर्को स्थानबाट सल्कियो !

प्रेम सुनार, गुल्मी २०७४ फागुन ३० ।गुल्मीको रेसुङ्गा वन क्षेत्रमा फेरी अर्को स्थानबाट भीषण आगलागि भएको छ । हिजा दिउँसोे देखि गुल्मीको रेसुङ्गा वन क्षेत्रमा लागेको राती अवेर सम्म र आज विहान ११ वजे सम्म नेपाली सेना,सशस्त्र प्रहरी ,नेपाल प्रहरी र सर्वसाधरण जुटेर नियन्त्रणमा लिएका थिए ।

अहिले दिउँसो फेरी तल साउनेको जंगलमा भीषण आगलागिको खवर प्राप्त हुन साथ उनै सुरक्षा निकायहरुलाई लगेर आफुहरु नियन्त्रणका लागि त्यस तफर्, जान लागेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए ।

वीरभद्रजंग गुल्म धागीथुम ब्यारेकका गुल्मपति सेनानी जनमतबहादुर कार्कीले सेनाको टोली पठाई सकिएको बताए । त्यस गुल्मबाट पुगेको टोली गएराति आगो ेनियन्त्रण गरी मध्येरातमा फर्केर फेरी विहानै गएर दिउँसो फर्केको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *