आजको तस्वीर : नागरिकताले समस्या !

बिमल खड्का, बुर्तिवाङ २०७४ फागुन ३० । ३१ वर्ष पहिले जिल्ला कार्यालय बागलुङबाट लिएको नेपाली नागरिकताको प्रमाण पत्रले एक महिलालाई समस्या परेको छ ।

साबिक धौलागिरी अन्चल बागलुङ जिल्ला बुँगादोभान गाउँ पन्चायत वडा नं ७ की २००८।११।२७ गते जन्ममिति भएकी डिलासरा मगर्नीलाई समस्या परेको हो । उनले लिएको ३९४/१०४१ नंबरको नागरिकताको प्रमाणपत्रमा चुरोटको सर्को तान्दै गरेका तस्वीर टाँसिएको छ भने जातमा मगर्नी लेखिएको छ ।

यस नागरिकताको प्रमाणपत्रको तस्वीर बुर्तिवाङ मालपोतका प्रमुख नारायण घर्तीमगरले हिँजो मंगलबार आफनो फेसबुकमा पोष्ट गरेर लेखेका छन्, ‘यो नागरिकताको फोटो यस्सो नियालेर हेर्नुस त ! अनि कमेन्ट पनि है । भर्खरमात्र नाम संसोधन गर्न आको ।’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *