नेपाली काँग्रेस देशमा अग्रणी भुमिका निर्वाह गरेको पार्टी हो – पौडेल

बागलुङ, २०७३ माघ २९ । नेपाली काँग्रेसका युवा नेता किरणराज पौडेलले काँग्रेसलाई मुलुकको पहिलो पार्टी स्थापनाका लागि सम्पुर्ण कार्यकर्ताले आ आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस पैयुँपाटा ९ को वडा भेलामा सम्बोधन गर्दै नेता पौडेलले काँग्रेस देशको विकास र निकास दिन अग्रणी भुमिका निर्वाह गरेको पार्टी भएका कारण महत्वपुर्ण कार्य पनि काँग्रेसकै नेतृत्वमा हुँदै आएको बताए । काँग्रेस महासमिति सदस्य एवं नेपाल विद्यार्थी संघका पुर्व महामन्त्री समेत रहेको नेता पौडेलले हरेक क्षेत्रमा काँग्रेसजनहरु उत्साह र जागरुकताका साथ संगठन सुधारमा लाग्नका लागि कार्यकर्तालाई आग्रह समेत गरे ।

कार्यक्रममा नेपाली काँग्रेस बागलुङका जिल्ला कोषाध्यक्ष उमेश गौतम, नेपाल टे«ड युनियन काँग्रेसका जिल्ला अध्यक्ष रामप्रसाद अधिकारी, काँग्रेस जिल्ला सदस्य सिताराम रसाईली, डिल प्रसाद शर्मा, बलेवा नगर बिकास समितिका अध्यक्ष कमल बहादुर जि.सी. काँग्रेस पैयुँपाटाका गाउँ सभापति चन्द्र बहादुर खत्री, क्षेत्रीय प्रतिनिधि भवानी प्रसाद रिजाल, कुलदेवी के.सी. लगायतले बोलेका थिए ।

भेलाले मिन बहादुर रोकाको सभापतित्वमा वडा कमिटि गठन गरेको छ । जसको उपाध्यक्षमा बलविर खत्री, सचिवमा क्याप्टेन खगराज खत्री, सह सचिवमा सुवेदार भिम बहादुर रोका, कोषाध्यक्षमा तिल बहादुर रोका रहेका छन् । त्यसैगरी सदस्यहरुमा टिकाराम पौडेल, डिलसिंह रोका, मिन कुमारी रोका नगेन्द्र बहादुर खत्री, हिरा कुमारी शर्मा रहेका छन ।

भेलाले मिना रोकाको अध्यक्षतामा नेपाल महिला संघ, सुजित रोकाको अध्यक्षतमा नेपाल विद्यार्थी संघ र भिम बहादुर के.सी.को अध्यक्षतामा नेपाल तरुणदल गठन गरेको छ । वडा सभापति मिनबहादुर रोकाको अध्यक्षता एनप्याप्सनका केन्द्रिय सदस्य रेशम बहादुर के.सीको स्वागत र काँग्रेस पैयुँपाटाका सचिव एकनाथ रिजालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *