ईस्माको हनुमान मन्दिर भित्र ६ वर्षिया वालिका बलात्कृत, अवस्था गम्भीर, पाल्पा रिफर !

प्रेम सुनार, गुल्मी २०७४ फागुन ३० । गुल्मीको ईस्मा गाउँपालिकामा ६ वर्षिया बालिका वलात्कृत भएकी छन् । हिजो दिउँसो करिव ४ वजेको समयमा ईस्मा गाउँपालिका वडा नम्वर ३ नयाँपोखराको हनुमान मन्दिर भित्र ६ वर्षिया वालिकालाई सोही गाउँपालिका वडा नम्वर वडा नम्वर ४ दर्लामचौरका १७ वर्षिय हिमाल दर्जीले वलात्कार गरेको प्रहरीले जनाएका छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुरागकुमार व्दिवेदीले निजलाई पक्राउ गरी आजै अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए । वलात्कृत ती ६ वर्षिया वालिकालाको अहिले जिल्ला अस्पतालमा भर्ना गरी उपचार भैरहेको छ ।

अस्पतालका डाक्टर सुवोध ज्ञवालीका अनुसार उनको यौनाङ्ग सिलाई गर्नु पर्ने भएकोले पाल्पा रिफर गरिदै छ ।

डा ज्ञवालीले भने–‘ वालिकाको तलै सम्म यौनाङ्ग च्यातिएको छ । सिलाउनका लागि वेहोस पार्नु पर्ने हुन्छ । उनको उमेर सानै भएकोले यहाँ सम्भव नभएर सर्जिकल कन्सल्टेन्सका लागि पाल्पा प्रवास अस्पतालमा रिफर गरिएको हो । ’

अधिकांश महिलाहरु आफु यौन हिंसामा परेको कुरा दवाउन बाध्य छन भन्ने कुरा यी वालिकाको बलात्कार घटनाले देखाएको छ । छोरीलाई अस्पताल लिएर आएकी उनकी आमाले छोरीले धेरैबेर सम्म आफु लडेर रक्ताम्मे भएको भन्दै ढाँटेको बताईन ।

रक्ताम्मे अवस्था बढ्दै गए पछि मलाई शंका लागेर फकाउँदै, सोधे पछि हिमाल अंंकलले चाउचाउँ किनेर खान दिन्छु भन्दै फकाएर मन्दिर भित्र लगेर त्यस्तो हिंसा गरेको कुरा बताएको आमाले जानकारी दिईन । हामी पुग्दा जिल्ला अस्पतालमा छोरी संगै आमाको पनि रुवावासी चलिरहेको ेथियो । गुल्मीमा सव भन्दा कम उमेर ६ वर्षिया वालिका वलात्कारको् घटना पहिलो हो । यस अघि आफ्नै वावुले ६ वर्षिया छोरीको वलात्कार उद्योग गरेको घटनाका विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

तस्वीरः जिल्ला अस्पताल तम्घास अगाडी आमा छोरी रुदैं पाल्पा हिड्ने तयारीमा

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *