Menu

रेसुङ्गा वनमा लागेको आगो अहिले विहान सम्म पनि नियन्त्रणमा आएन !

प्रेम सुनार, गुल्मी, २०७४ फागुन ३० । गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा वन क्षेत्रमा लागेको आगो अहिले विहान सम्म पनि नियन्त्रणमा आउन सकेको छैन । हिजो साँझपख सयौ रोपनी क्षेत्रफल रहेको रेसुङ्गा बन क्षेत्रको गौशलाबाट सल्कीएको आगो नियन्त्रणका लागि रातैभर नेपाली सेना वीरभद्रजंग गुल्म धागीथुम ब्यारेक, सशस्त्र प्रहरी बल गुल्म उर्लेनी , जिल्ला प्रहरी कार्यालयको टोली र सदरमुकाम तम्घासका वासीन्दा खटिदा पनि नियन्त्रणमा आउन नसकेको प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए ।

अहिले विहान थप सुरुक्षा निकाय र स्थानियवासी त्यहाँको आगो नियन्णका लागि जान लागेको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए । वीरभद्रजंग गुल्मका गुल्मपति सेनानी जनमतबहादुर कार्कीले राती अबेर सम्म जोखिममा पर्ने स्थानमा नियन्त्रण गरी सेना र अन्य सुरक्षा निकायको टोली फर्किएको र अहिले विहान थप व्यवस्थापन सहित आगो निभाउन गएको छ ।

रेसुङ्गा बन क्षेत्र ऐतिहाँसिक धार्मिक क्षेत्र हो । जहाँ अरवौ मुल्य बरावरको धार्मिक भौतिक संरचना रहेको छ । आगो नियन्त्रणमा ल्याउन नसकिए बन क्षेत्र नजिकका पराल्मी, वलिथुम, गौडाकोट, दुविचौर, तम्घास र अर्खले सम्मका घर वस्तीहरु जोखिममा पर्दछन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *