जैमिनी नगरपालिकाका प्रमुख/उपप्रमुख सवार जीप सर्कुवामा दुर्घटना

सोलिन थापा, कुस्मिसेरा २०७४ फागुन २९ । जैमिनी नगरपालिकाका प्रमुख र उपप्रमुख चढेको जीप आज सुर्कुवामा सामान्य दुर्घटनामा परेकोे छ ।
सर्कुवा देखि कुस्मिसेरा तर्फ आउँदै गर्दा ध १ ज २६२० न. को जीप सर्कुवामा दुर्घटना भएको हो । दुर्घटनामा परि नगर प्रमुख इन्द्रराज पौडेल सामान्य घाइते भएका छन् । पौडेलको ओँठमा चोट लागेको छ ।

जीपमा उप–प्रुमख लिला राना, काँशिराम आचार्य, नारायण रेग्मी, डिल्लीराम आचार्य लगायत सवार रहे पनि चोटपटक भने कसैलाई नलागेको श्रोतले बतायो । स्टेरिङ फेल हुँदा जीप दुर्घटनामा परेको बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *