रोट्याक्ट सप्ताह शुरु, पहिलो दिनमा एक लाखको अक्षकोषको स्थापना !

महेन्द्र केसी, पर्वत २०७४ फाुन २९ । रोट्याक्ट क्लब अफ पर्वतले आफ्नो सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिनको उद्घाटनमै रोट्याक्ट क्लब अफ पर्वतका अध्यक्षले आफ्नो विहेभोजको खर्च कटाएर आफ्नै गाउँमा रहेको कुश्मा नगरपालिका १३ ठूलीपोखरीको जनता सुदर्शन माविमा १ लाख बराबरको अक्षकोषको स्थापना गरेका छन् ।

उक्त विद्यालयका उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार दिने गरी उक्त कोषको स्थापना भएको जानकारी दिईएको छ।

क्लबले सप्ताहव्यापी कार्यक्रम अन्तरगत दोस्रो दिनमा नेपालकै अग्लो तथा लामो कैयाँ झोलुङ्गे पुल परिसरमा बृहत सरसफाइको आयोजना गरेको छ । जसको संयोजकका रुपमा खिममाया पाइजा रहेकी छिन् ।

त्यस्तै तेस्रो दिनमा मोदी गाउँपालिका ७ तिलाहारमा रहेको नव जागृत माविका विद्यार्थीहरुलाई ट्राफिक सचेतना तथा लागू औषध दूव्र्यसन सम्बन्धी अन्तरक्रियाको कार्यक्रम तय गरेको छ । जसको संयोजकको रुपमा शान्ति सुवेदी रहेकी छिन् ।

त्यस्तै चौथो दिन रोट्क्याट र स्थानीय जनप्रतिनिधिहरुसँग मैत्रीपूर्ण फुटबलको आयोजना गरिएको छ । जसको संयोजक अर्जुनराज पुरी रहेका छन् । त्यस्तै पाँचौ दिनमा कुश्मा नगरपालिका १३ धुस्तुङमा शैक्षिक सामाग्री वितरण कार्यक्रम तय गरेको छ । जसको संयोजकका रुपमा उत्तम क्षेत्री रहेका छन् ।
छौठो दिनमा कुश्माको लोकतान्त्रिक चोकमा सांस्कृतिक जगर्नागर्नको लागि सांस्कृतिक ¥याली कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रमको संयोजक भिष्मा थापा र अन्तिम दिनमा समापन सत्र गरी सप्ताह व्यापी कार्यक्रम सम्पन्न हुनेछ । समापन शत्रको संयोजन गोपाल रिजाल ९गोविन्द० रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *