आफ्नो समस्याको पहिचान गर्न सिके समस्याको समाधान पनि आफै गर्न सकिन्छ : ब्रकु भट्टराई

बुर्तिवाङमा शान्त मन र खुसी जीवन बिषयक २ दिवसीय प्रशिक्षण सुरु !

झरना कँडेल, बुर्तिवाङ २०७४ फागुन २९ । बुर्तिबाङ बजारमा शान्त मन र खुसी जीवन बिषयक दुई दिबशीय प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

ब्रह्माकुमारी ईश्वरीय बिश्व बिद्यालय राजयोग प्रशिक्षण केन्द्र उपशाखा बुर्तिबाङको आयोजनामा सुरु भएको प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथी एवं ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली, उप्रप्रमुख करमती पुन, ब्रह्मकुमारी लक्ष्मी दिदी, प्रशिक्षक ब्रह्मकुमार रमण भट्टराई, पत्रकार एवं परिवर्तन एफएमका स्टेशन म्यानेजर राम सुवेदीव्दारा संयुक्तरुपमा पानसमा दीप प्रज्ज्वलन गरी गरिएको थियो ।

समाजमा अनेकौ जिम्मेबारीहरुको दवाब, भौतिक संग्रहको अस्वस्थ एवं अन्तहीन प्रतिष्प्रर्धा, बदलिदो सामाजिक,आर्थिक एवं राजनीतिक परिबेससंगै अति भौतिकबाद, दुब्र्यशन, फेशन र कुसंगको प्रभाबका कारण हाम्रो समाजमा मानवीय मुल्य र सद्चरित्र धरापमा पर्दै गएको अवस्थामा बिभिन्न चुनौतीहरुको सामनासंगै अति ब्यस्त र तनाबग्रस्त हुदै अनेकौँ बिकृती र बिसंगतीहरुले आक्रान्त भएको ब्यक्तिगत र सामाजिक जीवनका अनगिन्ती समस्याहरुलाई आध्यात्मिक बिधिव्दारा समाधान गरी आन्तरीक सशक्तीकरण गराउने उद्धेश्येले सञ्चालित २ दिबसीय प्रशिक्षणको उद्घाटन कार्यक्रममा बोल्दै अन्र्तराष्ट्रीय प्रशिक्षक ब्रह्माकुमार रमण भट्राईले मानिसले सबै भन्दा पहिले आफ्नो समस्याको पहिचान गर्न सिके समस्याको समाधान पनि आफै गर्न सकिने बताए । उनले अहिले मानिसहरुको मुहारमा खुसी नभएको प्रति दुख ब्यक्त गर्दै सोही कारणले मानिसलाई स्वास्थ्यमा पनि असर पार्ने हुँदा आफ्नो समस्या पहिचान गरी समस्याको हल गर्न तर्फ लागेमा जीवन सु्खमयी रहने बताएका थिए । कार्यक्रमको समापन भोलि हुने बताईएको छ ।

ब्रह्मा कुमारी ईश्वरीय बिश्व बिद्यालय राजयोग प्रशिक्षण केन्द्र उपशाखा बुर्तिबाङकी सञ्चालिका लक्ष्मी दिदीको अध्यक्षतामा आजको कार्यक्रमको सञ्चालन ब्रह्माकुमार श्रीकृष्ण शर्माले गरेका थिए ।

यसैबिच , आजै अन्र्तराष्ट्रिय प्रशिक्षक ब्रह्माकुमार रमण भट्राईले उत्तरगंगा माध्यमिक बिद्यालय र रिभरहेड ईन्टरनेश्नल एकेडेमीका शिक्षक विद्यार्थीहरुलाई प्रशिक्षण दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *