Menu

दिलिप रेग्मीको मौलिक रत्यौली गीत “भुरुरु उडेको चरी ”( भिडियो सहित )

पर्वत, २०७४ फागुन २९ । झझल्को डिजिटलको प्रस्तुतिमा पर्वतको नाग्लिबाङगका दिलिप रेग्मीको मौलिक रत्यौली गीत विवाहमा दुलाहा दुलहीको घरमा गएको अवस्थामा नेपाली दिदी बहिनी, आमाहरु भेला भएर गाउने मौलिक भाकालाई गीतको माध्यमबाट समेटेर गायक दिलिप रेग्मी र सुनिता सुनारको सुमधुर आवाजमा सजिएको निकै मार्मिक रत्यौली गीत “भुरुरु उडेको चरी ”बजारमा आएको छ ।

जीवन भोगाइको पीडालाई आपसी रुपमा रमाइलो पारामा ठट्यौली भाकामा रत्यौलीमा गाउने परम्परा हाल सम्मपनि नेपाली समाजमा रहेको छ । नेपाली समाजमा रहेको परम्परालाई जिवन्त राख्नको लागी भएपनि आफुले लोक पारखी मनका लागी रत्यौली भाकाको गीत बजारमा ल्याएको गायक दिलिपले बताए ।

प्रविन खत्रीको शब्द सृजनामा सुसजित गीतमा संगीत भने दिलिप रेग्मीको रहेको छ । दिलिप रेग्मीको निर्देशन र मनोज चौहानको छायांकन रहेको उक्त गीतमा अभिनय भने चर्चित मोडलहरु विमल अधिकारी, रिचा थापा, मनिस पौडेल र स्वस्थिका खड्काले गरेका हुन् । भिडियोको सम्पादन भने रमेश विकले गरेका हुन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *