गरिमा विकास बैँकका प्रवन्धक पराजुलीलाई बिदाई तथा नयाँलाई स्वागत !

झरना कँडेल, बुर्तिवाङ २०७४ फागुन २९ । गरिमा बिकास बैकं बुर्तिबाङ शाखाका प्रवन्धक हिरामणी पराजुलीलाई आज ढोरपाटन नगरपालिकाले बिदाई गरेको छ ।
लम्जुङ बेसीसहर शाखाबाट २०७३ मंसीर १७ गते बुर्तिबाङ शाखामा स्थानान्तरित भएर आएका प्रवन्धक पराजुलीको नवलपरासीको कावासोती शाखामा जान थालेकाले उनले यस क्षेत्रमा रहदा गरेको कामको उच्च मुल्याङकन गर्दै बिदाई गरिएको नगरप्रमुख देबकुमार नेपालीले बताए ।

सो अबसरमा ढोरपाटन नगरपालिकाकी उप्रमुख करमती पुन , प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य , वडा नं ६ का वडाध्यक्ष जीवन कुमार पुन वडा सचिब कमल प्रसाद कंडेल ,योजना बिभाग प्रमुख चण्डीराज पौडेल लगायतको उपस्थिती रहेको थियो ।

त्यस्तै सरुवा भएर जान लागेका पराजुलीले ढोरपाटन नगरपालिकाले देखाएको अत्मियतालाई कहिल्यै नभुल्ने बताएका थिए ।

त्यस्तै सोही अबसरमा गरिमा बिकास बैक बुर्तिबाङ शाखामा शाखा प्रवन्धक पदमा नियुक्ती भएका अमृत श्रेष्ठलाई बधाई तथा शुभकामना ब्यक्त गरिएका थियो ।

बुर्तिबाङ शाखामै शाखा उपप्रमुख तथा कर्जा प्रमुखको रुपमा कार्यरत श्रेष्ठको बढुवा भई शाखा प्रवन्धक पदमा नियुक्ती भएको मा बधाई तथा शुभकामना ब्यक्त गर्दै , यस शाखाबाट सेवाग्राहीलाई राम्रो सेवा प्रदान गर्न आग्रह गरिएको थियो । प्रतिउत्तरमा उनले आफुले आफनो स्थानबाट सक्दोसेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *