Menu

दुर्घटनाग्रस्त युएस बंगला विमानमा यात्रा गर्नेमा ३३ जना नेपाली, मृत्यु हुनेको संख्या ४९ पुग्यो !

काठमाडौँ २०७४ फागुन २८ । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा दुर्घटनाग्रस्त युएस बंगला विमानमा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । विमानमा यात्रा गर्नेहरुमा ३३ जना नेपाली रहेका छन् । पछिल्लो अपडेट अुनसार १३ जना नेपालीको मृत्यु भैसकेको छ । अन्य २० जनाको राजधानीका अस्पतालमा उपचार भैरहेको छ ।

दुर्घटनाग्रस्त विमानमा सवार यात्रुहरुको नामावली सार्वजनिक गरिएको छ । जस अनुसार विमानमा यात्रा गर्नेहरुमा सबभन्दा बढी ३३ जना नेपाली रहेका छन् भने ३२ जना बंगालादेशी,२ जना माल्दिभ्स र चिनियाँ नागरिक १ जना रहेका छन् ।

विमानमा रहेका ६७ जना यात्रुहरुमा ३७ जना पुरुष तथा २८ जना महिला रहेका थिए भने २ जना बच्चा रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *