Menu

बंगलादेशको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना ग्रस्त विमानमा ८० जना यात्रुरहेको अनुमान !

काठमाडौँ २०७४ फागुन २८ । बंगलादेशबाट आएको यूएस बंगला विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण गर्दा दुर्घटना ग्रस्त भएको छ । विमान धावन मार्गबाट विमान स्थलको तार जाली क्रसगरी बाहिर गएको छ । विमानमा आगलागी भएको छ ।

विमान भित्र क्रू मेम्बर र यात्रु सहित ८० जना रहेको प्रारम्भिक जानकारी आएको श्रोतले बतायो । विमानमा विष्फोटको आवाज आईरहेको अवस्था छ विमान दनदनी बलिरहेको छ ।
अपडेट
पछिल्लो समाचार अनुसार विमानमा सवार १४ जनाको यात्रुहरुको उद्धार गरी अस्पताल पठाईएको छ भने उद्धार कार्यजारी रहेको छ । विमानको आगो नियन्त्रणमा आएको छैन ।
***
पछिल्लो आधिकारिक जानकारी अनुसार दुर्घटना ग्रस्त विमान भित्र क्रू मेम्बर र यात्रु गरेर ७१ जना रहेका थिए जस्मा हालसम्म १४ जनाको उद्धार गरिएको छ भने २० जनाको शव निकालिएको छ ।
थप विवरण आउन बाँकी ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *