प्रवास : गल्कोट स्पोर्ट्स क्लब टोकियोको चौथों मैत्रीपूर्ण भलिबलको तयारी अन्तिम चरणमा !

टोकियो, जापान २०७४ फागुन २८ । “स्वास्थ्यको लागि खेल राष्ट्रका लागि खेल” भन्ने मुख्य नारा सहित सन् २०१५ मा स्थापना भएको गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानले नेपाली नयाँ बर्ष २०७५ तथा क्लबको बार्षिकोत्सवको उपलक्ष्यमा यस बर्ष पनि चौथो मैत्रीपूर्ण रनिंगकप भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ।

स्थापना काल देखि प्रत्येक बर्ष आयोजना गर्दै आएको मैत्रीपूर्ण भलिवल प्रतियोगिता यो बर्ष आगामी अप्रिल महिनाको १८ तारखक बुधबारका दिन टोकियो कामताको ओता-कु स्पोर्ट्स सेण्टर १-११-१हिगासी कामता (Ota-ku Sports Center1-11-1, Higashi-Kamata,Ota-ku,Tokyo)मा गरिने र बिगतका प्रतियोगिता भन्दा पृथक र थप ब्यवस्थित बनाउन कार्यक्रम आयोजक टिम बनाई आन्तरिक तयारी गरिरहेको क्लबका सचिब तथा कार्यक्रम प्रचार प्रसार संयोजक दुर्गा बहादुर खत्रीले जानकारी दिए।

प्रतियोगितामा सहभागिताका लागी जापानमा क्रियाशील संघ संस्था र क्लबहरुलाई टिम दर्ताका लागी मार्च २५ देखी अप्रिल १० तारिख सम्म समयसीमा राखी पत्राचार गरिएको र सोही अनुसार अग्रिम दर्ता हुने १६ टिमलाई खेलमा समावेश गरिने जनाईएको छ ।

प्रदेसी भूमीमा ब्यस्तताका बाबजुत पनि नेपालको राष्ट्रीय खेल भलिबल खेलको प्रबद्र्धनका लागी क्लबले निरन्तर प्रतियोगिता संचालन गर्दै आईरहेको र यसबर्ष पनि त्यसकै निरन्तरता स्वरुप कार्यक्रम गरिएको प्रतियोगिता कभर्ट हल ब्यवस्थापन संयोजक लोकेश खत्रीले बताए।
प्रचलित टि।टि सिस्टम अनुसार नेपाली रेफ्रीहरुद्वरा खेल संचालन गरिने भएकाले खेल निष्पक्ष र ब्यवस्थित तरिकाले संचालनका लागी गृहकार्य भैरहेको रेफ्री तथा खेल संयोजक भबिन थापाको भनाई छ।

प्रतियोगिता संचालनका लागी प्रायोजनका लागी पनि आह्वान गरिएको र प्रतियोगिताबाट बचेको रकमबाट बागलुङको गल्कोट क्षेत्रमा आधिकारिक रुपमा संचालनमा रहेका क्लबहरुलाई खेल सामग्री प्रदान गरिने हुँदा खेलप्रेमी सम्पुर्णका लागी आर्थिक, भौतिक र नैतिक सहयोगको लागी आह्वान गरिएको क्लबका महासचिव लक्ष्मण कार्कीले बताए।

खेलाडी र खेलप्रतिको सम्मान स्वरूप क्लबले यस बर्ष प्रथम र द्वितिय पुरस्कार राशीलाई बढाउदै क्रमश ३ लाख यन र २ लाख यन बनाएको साथै प्रथम स्थान हासिल गर्ने टिमलाई सिल्भरको रनिङकप र उत्कृष्ट ५ बिधामा ५ खेलाडीलाई सिल्भरकै मेडलले सम्मान गरिने क्लबका अध्यक्ष तथा कार्यक्रम संयोजक रत्नसिंह बस्तेतले जानकारी दिए । क्लबले प्रायोजकहरुलाई सम्मान र खेल सम्बन्धी बिस्तृत जानकारीका लागी अप्रिल ३ तारिख साँझ ४ बजे टोकियोको सिनओकुबो स्थित नेपाली मुरा( सोलमारीको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *