Menu

युनियन संघद्वारा नवागत कर्मचारीहरुलाई स्वागत तथा सम्मान

नारायण रिजाल, बागलुङ २०७४ फागु २८ । नेपाल निजामती कर्मचारी युनियन संघ बागलुङले जिल्लामा सरुवा भई आएका र नवनियुक्त कर्मचारीलाई आईतबार एक कार्यक्रमका विच स्वागत तथा सम्मान गरेको छ ।

जिल्ला पशु सेवा कार्यालय पर्वतबाट कोष तथा लेखा नियन्त्रण का र्यालय बागलुङमा सरुवा भै आएका सहलेखापाल दिनेश सापकोटालाई युनियन संघ बागलुङका अध्यक्ष देव शर्मा आचार्यले टिका र खादा लगाएर स्वागत गरेका हुन ।

त्यसै गरी हालै लोकसेवा आयोगबाट खरिदार पदमा नवनियुक्त जिल्ला प्रशासन कार्यालयका रविन्द्र सापकोटा, जिल्ला हुलाक कार्यालयका राजेन्द्र बोहोरा र मिथिलेश ठाकुरलाई युनियन संघको सदस्यता सहित स्वागत तथा सम्मान गरिएको थियो ।

राष्ट्रसेवा निपक्षता र कर्मचारी एकता भन्ने मुल नारा बोकेको युनियन संघले हरेक कार्यालयमा आउने आफ्ना सदस्यहरुलाई यसरी नै स्वागत गर्दै आएको छ ।

कार्यक्रम युनियन संघका अध्यक्ष देव शर्मा आचार्यको अध्यक्षता उपाध्यक्ष देवप्रकाश घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *