Menu

प्रवास : कालीगण्डकी बहुउद्देश्यीय सेवा समाजव्दारा उत्कृष्ट सदस्य सम्मानित

डिल्ली हुमागाई, युएई, २०७४ फागुन २८ (१२ मार्च ३०१८) । रोजगारीको सिलसिलामा युएईमा बस्दै आएका तथा संस्थामा आबद्द्ध रहेर उत्कृष्ट काम गर्दै आएका सदस्यलाई कालीगण्डकी बहुउद्देश्यीय सेवा समाज युएईले सम्मान गरेकाु छ।

गत शुक्रबार ०९ मार्च २०१८ क दिन कार्यक्रम वर दुबई स्थित चौतारी रेस्टुरेन्टमा एक कार्यक्रमका बीच बिष्णु खनाल, लक्ष्मण भण्डारी, दामोदर बस्याल, पदम खनाल र गिर बहादुर बिश्वकर्मालाई सम्मानित गरिएको हो ।

गत १६ फेब्रुअरी २०१८ मा सम्पन भएको तेस्रो बार्षिक उत्सवमा गरिने भनिएको कार्यक्रम विभिन्न कारणले हुननसकेकाले ०९ मार्चमा गरिएको जनाईएको छ ि

कार्यक्रममा संस्थाका अध्यक्ष जीवन पंगेनीको सभापतित्व, बिजिनेस काउन्सल युएईका कोषाध्यक्ष तथा नमस्ते ट्राभल्सका संचालक एकेन्द्र बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।भन कार्यक्रममा स्याङ्जा , पाल्पा, तनहुँ , कास्की , नवलपरासीका व्यक्तिहरुकाु उपस्थिति रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *