गल्कोट नगरपालिकाको प्रथम बार्षिकोत्सव : ‘मेरो नगर समृद्ध नगर’ बिषयक अन्तरक्रिया सम्पन्न !

घनश्याम गौतम, गल्कोट २०७४ फागुन २७ । गल्कोट नगरपालिकाको प्रथम वार्षिकोत्सवको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । २०७३ साल फागुन २७ गते देखी गल्कोटमा रहेका साबिकका हटिया, हरिचौर नरेठाँटी, मल्म, दुदिलाभाटी, काँडेबास, रिघा र पाण्डबखानी गरि ८ गाउ बिकास समितिहरुलाई समाबेश गरेर गल्कोट नगरपालिकाको रुपमा स्थापना गरिएको हो । गल्कोट नगरपालिकाले नगरपालिकाको रुपमा २०७३ चैत्र ३ गते देखी कार्यक्रम प्रारम्भ गरेको थियो ।

नगरपालिका स्थापना भएको प्रथम बर्षमा भएका कार्यक्रमको बारेमा जानकारी दिँदै अन्तरक्रियामा गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले मेरो नगर समृद्ध नगर बनाउन गल्कोटमा रहेका सबै राजनैतिक दल, बिषयगत संघ सस्था तथा नगरबासी सबैले सहकार्य गर्नुपर्ने बताए ।

गल्कोट नगरपालिकाको अवसर र चुनौति बिषयक अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेका गल्कोट नगरपालिकाका सह सयोजक बुल बहादुर केसी, नेपाली काग्रेसका जिल्ला सदस्य फम बहादुर खत्री, नेकपा माओबादी केन्द्रका गल्कोट नगरपालिकाका अध्यक्ष तिलक उप्रेती, राष्ट्रिय जनमोर्चाका टंक केसी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष मञ्जु शर्मा चालिसे, जिल्ला समन्वय समितिका सदस्य दल बहादुर थापा, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष चुडामणि शर्मा,नेपाल शिक्षक संघका सयोजक हरि चालिसे, नगर कार्यपालिका सदस्य शिव कुमारी खत्री, वडा नं ५ का अध्यक्ष नारायध्वज मल्ल, गलकोट एफ एमका स्टेशन प्रमुख घनश्याम गौतम, पृथ्वी माद्यमिक बिद्यालय हरिचौरका प्रध्यानाध्यापक बद्रि प्रसाद ढकाल, जनप्रतिनिधी भिम बिक लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले गल्कोट नगरपालिकाले हरेक निणर्य गर्दा बिभिन्न अन्तरक्रिया एबं छलफल गरेर गर्नुपर्ने बताउदै गल्कोटलाई समृद्ध नगरपालिका बनाउन सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए । नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षता, उपप्रमुख रेनुका काउचाको स्वागत मन्तब्य र कार्यकारी अधिकृत प्रदिपचन्द्र सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *