प्रावास : बेल्जियममा आयोजना गरिने ‘नेपाल महोत्वस’ नेपाली नयाँ वर्षमा लुभेनमा गरिने !

दीपेन्द्र केसी, लुभेन बेल्जियम २०७४ फागुन२७ । नेपालको साँस्कृतिक एवं पर्यटन प्रवद्र्धन, स्थानीय स्तरमा समाजिक सहभागिताका लागि एनआरएन बेल्जियमव्दारा हरेक वर्ष आयोजना गरिने नेपाल महोत्वस यो वर्ष नेपाली नयाँवर्ष २०७५ सँगै बेल्जियमको लुभेन शहरको स्टेशनमा आउदो १४ अप्रिल शनिवार आयोजना गरिने भएको छ ।

नेपाली राजदूतावासको संरक्षकत्वमा स्थानीय लुभेन नगरपालिका, नेपाली पर्यटन दूतहरु, स्थानीय गैसस महासंघ एआईएफ, बेल्जियम नेपाल मैत्री संघ, बेल्जियमस्थित सम्पूर्ण नेपाली सँघसंस्थाहरु सहआयोजक रहेका छन् ।

आयोजकहरुका अनुसार लुभेन नपाका मेयर लुइस तवाक तथा बेनेलुक्सका लागि नेपाली राजदूत लोक बहादुर थापाले संयुक्त रुपमा उदघाटन गर्ने महोत्सवमा नेपाली साँस्कृतिक प्रस्तुति, मौलिक नेपाली खाना तथा पोषाकको प्रदर्शनी, नेपालीका विविध जातीय झाँकीहरुको प्रस्तुति, पर्यटकीय सम्भावनाहरुको प्रचारप्रसार तथा शान्ति एवं सामाजिक सदभावको सन्देश प्रवाह गरिने छ ।

कार्यक्रम सम्पन्न गर्नका लागि उपाध्यक्ष खड्क के.सी.को संयोकत्वमा मूल समित र आबश्यक अन्य समति, उपसमितिहरु गठन गरिएको छ । कार्यक्रम अपरान्ह २ बजेदेखि शुरु हुने जानकारीमा आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *