बुर्तिवाङ स्थित कृषि सेवा केन्द्र ढोनपालाई हस्तान्तरण

बुर्तिवाङ २०७४ फागुन २७ । कृषि मन्त्रालय किृषि बिभाग क्षेत्रीय कार्यालय पोखराको निर्देशन अनुसार आईतवार बुर्तिवाङमा स्थानीय सरकारलाई सेवा केन्द्र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

बुर्तिवाङमा आयोजित एक कार्यक्रमकावीच ढोरपाटन नगरपालिकालाई सेवा केन्द्र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कृषि सेवा केन्द्र बुर्तिबाङमा रहेको सम्पति , भवन जग्गा , यन्त्र ,उपकरण, अभिलेख कागजात लगायतका सामाग्रीहरु, ढोरपाटन नगरपालिका वडा नं ३ का अध्यक्ष हेमेन्द्र घर्तिमगरको रोबहरमा कृषि सेवा केन्द्रका प्राविधिक सरीता घिमिरेले ढोरपाटन नगरपालिकाका योजना शाखा अधिकृत चण्डीराज शर्मालाई हस्तान्तरण गरेकी हुन् ।

सो अबसरमा ढोरपाटन नगरपालिकाका प्रमुख देबकुमार नेपाली , कृषि योजना अधिकृत हुम बहादुर थापा ,जिल्ला कृषि बिकास कार्यालयका कृषि प्रसार अधिकृत भरत बहादुर खड्का ढोरपाटन नगरपालिकाका प्रबक्ता बिपक थापा, वडा नं २ का अध्यक्ष युवराज महत लगायतको उपस्थिती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *