Menu

आमा मिलन सहकारीको साधरण सभा सम्पन्न

बागलुङ २०७४ फागुन २७ । आमा मिलन बचत तथा ऋण सहकारी संस्थाको १० औं साधारण सभा तथा अधिबेशन सम्पुर्ण शेयर सदस्यहरुको सहभागितामा सम्पन्न भएको छ ।

कार्यक्रमको संस्थाका अध्यक्ष एवं निवर्तमान राज्यमन्त्री चम्पा खड्काले दिप प्रज्वलित गरि समुदघाटन गर्दै सहकारी मन्त्री भएर नया नीति ल्याउन पहल गरेकोले आगामि समयमा नया तरिकाले यस महिला सहकारीलाई अघि बढाउन सक्रिय सहयोग एवं योगदान गर्ने प्रतिबद्द्धता जाहृर गरिन् ।

सत्कर्म नेपालको समाजिक अभियान्ता एवं सहकारीको सल्लाहाकार सीताराम थापाले सहकारी लाई अबको राज्यले प्रमुख प्राथामिकता दिने बताउदै तीन खम्बे नयां नीति अनुसार नमुना महिला सहकारी बनाउन नयां समिति र पुराना सल्लाहकारहरुको सल्लाहा दिई टिमवर्कमा योगदान गर्नु पर्ने बताए ।

सभामा संस्थापक अध्यक्ष बिमला साप्कोटा, बानपाको कार्यपालिका सदस्य लक्ष्मी बाहोरा लगायतले बोलेका थिए । अधिबेशनले नयां ११ सदस्य रहने पछि दुई जना थप्ने गरि समिति गठन गरेको छ । समितिको अध्यक्षमा कल्पना चालिसे, उपाध्यक्ष लिलावती केसी सचिब ज्ञानुदेवी थापा मगर, कोषाध्यक्ष पम्फा किसान, सदस्यहरु राजेश्वरी श्रेष्ठ, अनुजा शाक्य, पार्वती रोका, संगिता बाहोरा, नुनुमाया थापा मगर चयन भएका छन । सल्लाहाकारमा ज्ञान कुमारी छन्त्याल, चम्पा खड्का, सिताराम थापा रहेका छन् ।

पूर्व राज्यमन्त्री खड्काको अध्यक्षता, कल्पना चालिसेले स्वागत ज्ञानु थापाको संचालनमा भएको सभामा कार्यक्रम तथा आर्थिक प्रतिबेदन पारित गरियको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *