क्षेत्री समाज बुर्तिबाङको नगरभेला सम्पन्न

बुर्तिवाङ २०७४ फागुन २७ । ढोरपाटन नगरपालिका स्तरीय क्षेत्री समाजको नगरभेला शनिवार बुर्तिबाङमा सम्पन्न भएको छ । क्षेत्री समाजका क्षेत्रीय सचिब उत्तम बहादुर महतको अध्यक्षता तथा क्षेत्री समाजका जिल्ला कोषाध्यक्ष रुद्र बहादुर केसीको बिशेष उपस्थितिमा सम्पन्न भेलामा चैत मसान्त सम्म ढोरपाटन नगरपालिकाका ९ वटै वडामा वडा स्तरीय क्षत्री समाज गठन गर्ने निर्यय गरिएको छ ।

सो अबसरमा बोल्दै कोषाध्यक्ष केसीले बदलिदो परिवेश अनुसार जातजाती , भाषभाषीसंग मिलेर सहकार्य गरी क्षत्री समाजको हितका लागी बिशेष पहल गर्ने बताए । साथै उनले बिभिन्न स्थानमा छरिएर रहेका क्षत्रीहरुलाई एकजुट बनाउन सम्पुर्ण क्षत्रीहरु लाग्नुपर्ने सल्लाह दिए ।

नगरभेलाले उत्तम बहादुर महतको सयोजकत्वमा १५ सदस्यीय नगरपालिका स्तरीय क्षेत्री समाज तदर्थ समिती गठन गरेको छ । जसको उपसंयोजकमा गुञ्ज बहादुर भण्डारी लगायत अन्य सदस्यहरु रहेका छन् भने चित्र बहादुर भण्डारीको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिती गठन गरीएको छ । कार्यक्रम क्षत्री समाजका सचिब जीत बहादुर कुवरको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *