Menu

नेपाल रेडक्रस सोसाइटी ताराखोला उपशाखा को अधिबेशन सम्पन्न

पूर्णभद्र निउरे २०७४ फागुन २७ । नेपाल रेडक्रस सोसाइटी ताराखोला उपशाखाको साधारण सभा तथा दोस्रो अधिबेशन सम्पन्न भएको छ ।

अधिबेशनको उदघाटन समारोहमा बोल्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका सदस्य तथा अधिबेशनका निर्बाचन अधिकृत चन्द्रदत्त रेग्मीले रेडक्रस मानवीय हितमा केन्द्रीत एक मात्र सामाजिक सस्था भएकोले स्थानियस्तर मा गठित रेडक्रसका उपशाखाहरुमा सबैलाई आबद्ध हुन अनुरोध गर्दै ताराखोला उपशाखाले प्रकोप तथा बिपत मा पीडितलाई राहतको अनुभूति हुने गरि सक्रियता पुर्बक कार्य गर्न ध्यानाकर्षण गराएका थिए ।

अधिबेशनबाट आगामी ४ बर्षे कार्यकालका लागि सभापतिमा पूर्णभद्र निउरे निर्बिरोध निर्बाचित भएका छन ।

यसै बिच आजै सम्पन्न निर्बाचित सदस्यहरुको पहिलो बैठकले उप सभापतिमा सुशिला चालिसे सचिबमा कुमार रोका, कोषाध्यक्षमा भुमिराज गैरे , सह सचिबमा धन बहादुर घर्ती सदस्यहरु मन बहादुर घर्ती, प्रेम कली खत्री , लाल कुमारी निउरे र हरिप्रसाद चालिसे रहने गरि पद बिभाजन गरेको छ ।

साधारण सभामा शाखाका उप सभापति पूर्णभद्र निउरेले प्रस्तुत गरेको प्रगती तथा आर्थिक प्रतिबेदन सर्बसम्मत रुपमा पारित भएको थियो। कार्यक्रम नेपाल रेडक्रस सोसाइटी ताराखोला उपशाखाका सभापति प्रकाश चालिसेको अध्यक्षता सहसचीब कुमार रोका को संचालन र सदस्य धन बहादुर घर्तीको स्वागत मा सम्पन्न भीको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *