Menu

गाउँभरी गीता वितरण : गीतालाई धार्मिक भन्दा मनुष्य जीवनको निर्देशिका पुस्तकको रुपमा लिन आग्रह !

पर्वत २०७४ माघ २६ । धौलागिरीमा एक घर एक श्रीमद्भगवद्गीता कार्यक्रम सञ्चालन गर्ने उदघोष सहित नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल), बागलुङ शाखाले फागुन २६ गते शनिवारका दिन पर्वत जिल्लाको पाङ सिउडिनीमा ३०० वटा गीता वितरण गरेको छ । विश्वभरि नै श्रीमद्भगवद्गीताको वितरणलाई प्राथमिकताका साथ अघि बढाइरहेको इस्कोनले धौलागिरीमा पनि सक्रियताका साथ गीता वितरण कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।

स्वर्गीय पिता गंगा प्रसाद सुवेदीको स्मृतीमा छोरा पाङ सिउडिनी निवासी गोविन्द प्रसाद सुवेदीले रु ९० हजार छपाई लागत पर्ने ३ सयवटा श्रीमद्भगवद्गीताको प्रायोजन गरेकाले पाङ सिउडिनीमा ३ सय वटा गीतालाई निःशुल्क रुपमा वितरण गरिएको इस्कोनको बागलुङ शाखाका प्रमुख परमेश्वर अच्युत दासले ईबागलुङलाई बताए ।

कार्यक्रममा मन्तव्य राख्दै उनले गीतालाई धार्मिक पुस्तक भन्दा पनि मनुष्य जीवनको निर्देशिका पुस्तकको रुपमा लिएर सोही अनुरुप सबैले अध्ययन गरेमा सहजै दिव्य खुसी तथा शान्तिको अनुभव गर्न सकिने कुरा बताएका थिए ।

कार्यक्रममा स्वर्गीय पिता गंगा प्रसाद सुवेदीका माइला छोरा भोलानाथ सुवेदीले स्वागत मन्तव्य राखेका थिए । श्रीमद्भगवद्गीता वितरण कार्यक्रममा उपस्थित स्थानीयवासीले भजन कीर्तन गाएका थिए भने उपस्थित सबैलाई फलफूल प्रसाद वितरण पनि गरिएको थियो ।

एक घर एक गीता कार्यक्रमलाई सफल बनाउन गीता प्रायोजनको अवधारणा अगाडी सारेको इस्कोनले सबैको सहयोगका लागि पनि अनुरोध गरेको थियो । अनौपचारिक रुपमा एक घर एक गीता कार्यक्रमलाई अगाडि बढाइरहेको इस्कोन बागलुङ शाखाले गीताको प्रायोजक मिलेमा छिट्टै औपचारिक रुपमा घोषणा गर्ने बताएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *