अरुलाई सहयोग गर्नु, अहिँशक बन्नु, वातावरणको संरक्षण गर्नु सत्कर्म हुन् !

दमौली, २०७३ माघ २९ । समाजमा जनचेतनाको भावना विकास गर्ने उद्देश्यले ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौली शाखाको आयोजनामा स्वस्थ जीवन शैलीका लागि सकारात्मक सोचको कला विषयक प्रवचन कार्यक्रमको पहिलो सत्र व्यास नपा ३ मनकामना आश्रम पोले¨मा सम्पन्न भयो ।

सत्कर्मको विषयमा प्रवचन दिदै ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दुलेगौडाकी संचालिका ब्रह्माकुमारी रश्मीले सच्चा खुशी प्राप्तिको लागि दैनिक जीवनमा केही न केही सत्कर्म गर्नु पर्ने बताउदै हामीले अरुलाई सहयोग गर्नु, वातवरणको संरक्षण गर्नु, अंहिसक बन्नु आदि सत्कर्महरु हुन भनेर प्रष्ट पारिन् ।

साथै सकारात्मक साचेको कलाको विषयमा ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौलीकी संचालिका ब्रह्माकुमारी यमुनाले प्रवचन दिएकी थिईन् ।

कार्यक्रममा अंहिक लघु नाटक प्रस्तुत गरीएको थियो जसमा कलाकार ब्रह्माकुमारी रेशमा र कमला दहालले अभिनय गरेका थिए । प्रेरणदायी नृत्य आयुष्मा र स्मारीकाले प्रस्तुत गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *